सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरेको सूचना दिन गृहको आग्रह | Khabarhub Khabarhub

सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरेको सूचना दिन गृहको आग्रह


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैको नाममा दर्ता भएको वा अतिक्रमण गरेको सूचना पठाउन जिल्ला प्रशासनका कार्यालयलाई अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक वा सरकारी जग्गा निजी गर्नेलाई कारबाही गरी फिर्ता ल्याउने प्रक्रिया थाल्नका लागि सूचना दिन अनुरोध गरेको हो ।

जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नका लागि सरोकारवाला निकायसँग समन्वय गरी कारबाही प्रक्रिया अघि बढाउन गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार समेत गरेको बताइएको छ।

सरकारी वा सार्वजनिक जग्गा दुरूपयोग गरी दर्ता श्रेष्ता कायम गर्ने गरी निर्णय गरेको, सो को आधारमा दाखिल खारेज गरेको, हक स्वामित्व कायम गरेको, त्यसरी कायम भएको स्वामित्वबाट बिक्री वितरण गरेको, समय तोकी वा नतोकी भोगाधिकार सृजना गरेको, धितो बन्धक राखेको लगायत जुनसुकै प्रकारको गैर कानुनी काम गर्नेलाई कारबाही गर्न सूचना दिन माग गरेको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ३ : ०६ बजे

बाटोको असुविधाले गलेखामकोट ओझेलमा

तनहुँ– गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल