चैत १ मा राप्रपा नेपालले वृहत प्रदर्शन गर्ने « Khabarhub

चैत १ मा राप्रपा नेपालले वृहत प्रदर्शन गर्ने


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालले आगामी चैत १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको  छ । भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरूलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न  जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको हो ।

बिहीबार काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत १ गतेको मिति तय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले एक्ला-एक्लै गरिने आन्दोलन निर्णायक हुन नसक्ने भन्दै संगठन निर्माण र आन्दोलनलाई सङ्गै लैजानुपर्नेमा विशेष जोड दिए ।

थापाले आन्दोलनलाई निष्कर्षमा पुर्याउन बृहत् राष्ट्रवादी मोर्चा निर्माण गर्नुपर्ने आवश्यक भएको भन्दै मोर्चा निर्माण गर्न राप्रपा नेपाल इमानदारीपूर्वक निरन्तर प्रयासरत रहेको समेत बताए । आन्दोलन औपचारिकता र कर्मकाण्डीमा सीमित नभई योजनाबद्ध र निरन्तर जारी रहने निर्णायक आन्दोलन आजको आवश्यकता भएको थापाको भनाई थियो ।

बैठकमा उपत्यका भित्रका नगर ,क्षेत्र, जिल्ला अध्यक्षहरू तथा केन्द्रीय पदाधिकारी सदस्यहरूको सहभागिता रहेको थियो । जनप्रदर्शनको क्रममा उपत्यका भित्रमा क्षेत्रीय भेला, कोणसभाहरू गर्ने समेत निर्णय भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ३ : ५० बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले