मलामी बोकेको जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते | Khabarhub Khabarhub

मलामी बोकेको जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

धनगढी– बैतडीमा मलामी बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जाँदै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका-१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार बोहराको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ।

जिपमा चालकसहित १७ जना सवार रहेका छन्। जिप चालक डिलासैनी गाउँपालिका-६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ५ : ४० बजे

म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान

म्याग्दी– भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक

काठमाडौं महानगरबाट ६४ हजारले लिए निःशुल्क कानूनी सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट निःशुल्क कानूनी परामर्श सेवा लिनेको सङ्ख्या ६४

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ ।

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५