जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत  « Khabarhub

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत 


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन्।

 बलात्कार मुद्दामा ८ वर्ष कैदको फैसला बदरको माग गर्दै लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका हुन् । 

जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला भएको छ। उक्त फैसला बदर गरी सफाइको माग गर्दै उच्च अदालतमा सन्दीपले निवेदन दिएको स्रोतले बतायो ।

जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दा पीडितको आर्थिक अवस्थाको फाइदा उठाएर अनुचित प्रभावमा पारेर जबर्जस्ती करणी गरेको आधार देखाएको थियो।

तर सन्दीपले उच्च अदालतमा गरेको निवेदनमा जिल्ला अदालतले भने जस्तो सन्दीपले प्रभावमा नपारेको र जिल्ला अदालतले भनेजस्तो आधार नभएकाले फैसला बदर गर्न माग गरिएको छ। 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ५ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार