जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत  « Khabarhub

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत 


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन्।

 बलात्कार मुद्दामा ८ वर्ष कैदको फैसला बदरको माग गर्दै लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका हुन् । 

जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला भएको छ। उक्त फैसला बदर गरी सफाइको माग गर्दै उच्च अदालतमा सन्दीपले निवेदन दिएको स्रोतले बतायो ।

जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दा पीडितको आर्थिक अवस्थाको फाइदा उठाएर अनुचित प्रभावमा पारेर जबर्जस्ती करणी गरेको आधार देखाएको थियो।

तर सन्दीपले उच्च अदालतमा गरेको निवेदनमा जिल्ला अदालतले भने जस्तो सन्दीपले प्रभावमा नपारेको र जिल्ला अदालतले भनेजस्तो आधार नभएकाले फैसला बदर गर्न माग गरिएको छ। 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ५ : ३० बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा