माओवादी केन्द्रले चैत्र १ बाट विभिन्न अभियान सञ्चालन गर्ने « Khabarhub

माओवादी केन्द्रले चैत्र १ बाट विभिन्न अभियान सञ्चालन गर्ने


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले चैत्र १ गतेबाट विभिन्न अभियान सञ्चालन गर्ने भएको छ ।  पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको स्थायी कमिटी बैठकले तराई मधेस जागरण अभियान, उत्तर दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्ने गरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए  । त्यस्तै माओवादीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत खट्ने कार्यकर्ता र नेतालाई सम्मान गर्ने उनले बताए ।

उनले पार्टी अभियानमा राम्रो गर्नेलाई सम्मान पत्र दिने, ठिकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्बन, चेतावनीसम्म हुन सक्ने जिकिर गरे । मधेशमा विश्वासको मत, सिराहा समस्या लगायतका विषयमा आगामी बैठकमा छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

त्यस्तै उनले कांग्रेसको महासमितिलाई पार्टीले नियाली रहेको भन्दै कांग्रेसभित्रको गठबन्धनको छलफलले कुनै अन्तर नपर्ने जिकिर गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ६ : २४ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६