महासमिति बैठकमा अपाङ्ग प्रतिनिधिको आक्रोस–पार्टीले स्वाभिमानमा आँच पुर्‍यायो « Khabarhub

महासमिति बैठकमा अपाङ्ग प्रतिनिधिको आक्रोस–पार्टीले स्वाभिमानमा आँच पुर्‍यायो



काठमाडाैं – नेपाली कांग्रेसको महासमिति बैठक आज सम्पन्न भएको छ । बैठकमा अपाङ्गता भएका व्यक्ति सिन्धुपाल्चोकका भोजराज श्रेष्ठ ह्वील चेयर प्रयोग गरेर सहभागी भएका थिए । बैठकका उपस्थित भएका करिब २५ सय सहभागी मध्ये उनी मात्र ह्वील चेयर प्रयोग गरेर आएका प्रतिनिधि हुन ।

उनले महासमिति बैठकमा आफ्नो अधिकार प्रयोग गर्ने नपाएको गुनासो गर्दै भने– ‘महासमिति बैठक अपाङ्गमैत्री भएन । यसले मेरो स्वाभिमानमा आँच पुगेको छ । २५ सय सहभागी मध्ये म मात्र ह्वील चेयर प्रयोगकर्ता हुँ । मलाई  माथिल्लो हलसम्म जाने वातावरण भएन । लिफ्ट पनि चलेको छैन । हाम्रो अवस्था कसले बुझ्ने ?’

उनले महासमिति बैठकका आफूजस्तै अपाङ्गता भएका व्यक्तिलाई पनि कोटा अनुसार सहभागी गराउन पार्टीले जोड दिनुपर्ने बताए । उनले सोधे– ‘खै त म जस्ता अन्य सहभागी कहाँ छन् ?’ कांग्रेसले अन्य पार्टीभन्दा अपाङ्ग, दलित र पिछडिएका वर्गलाई सम्मान गरेको भए पनि महासमिति बैठकमा आफ्नो स्वाभिमानमा आँच आउने काम भएको तर्क गरे ।

श्रेष्ठले भने, सबैलाई समेटिने भौतिक संरचनाको व्यवस्था हो । यो अवस्था हेरेर पार्टीले सच्याउने काम गरोस् । ‘कांग्रेसलाई नयाँ पुस्ताले ट्रयाकमा ल्याउन आवश्यक छ’ उनले थपे, पार्टी नेतृत्व गठबन्धनभन्दा पनि कांग्रेस बचाउन अग्रसर हुनुपर्छ । लोकतान्त्रिक पार्टी आफ्नै सामर्थ्यमा चल्नुपर्छ ।’

आफ्नो नीतिमा पार्टीले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामाग्री उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउँदै श्रेष्ठले अपाङ्गहरु घरभित्र गुम्सिएर बस्नुपर्ने अवस्था छ । यसलाई कांग्रेसले नीतिमा समेट्नु पर्ने आवश्यकता औँल्याए । उनको सुझाव छ, शिक्षा, स्वास्थ्य र खानपिन निःशुल्क गरी घरभित्र बसेका अपाङ्गहरुको उद्धार गरौँ ।

सबैलाई सम्मानपूर्वक बस्न योग्य गाउँ सहर बनाउन आवश्यक रहेको बताउँदै उनले कांग्रेसले राज्य सत्तामा पनि अपाङ्गको सम्मानजनक उपस्थितिका लागि आग्रह गरे ।

लामो समयदेखि आफूले अपाङ्गको  क्षेत्रमा काम गर्दै आएको भन्दै श्रेष्ठले समाजमा अपाङ्गताप्रति अझै नकारात्मक धारणा रहेकाले चेतनाको विकास गरी चिर्न सहकार्यको खाँचो रहेको बताए ।

यो पनि…

गगन–विश्व सहकार्यमा तगारो, शर्माले रोजे देउवाको छहारी

भुइँ कांग्रेसको विलाप : बाटोको खोज्दा पोल्टाको स्वाहा

 

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ७ : ५० बजे

नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै

नवलपुर– कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले करिब पाँच करोड रुपैयाँ

चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

ग्वाङ्झाउ– दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा

एसियाड : पुरुष कबड्डीमा नेपाल पराजित

काठमाडाैँ– जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी

धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको

सिमसारकी अप्सरा : जलअप्सरा (तस्बिरहरू)

सुनसरी– हेर्दा आकर्षक, लामो पुच्छर । पानीमा तैरिएका पातहरूमा हिँड्ने