कार्यसम्पादन मूल्यांकनमा नगरपालिका तर्फ जिरी र गाउँपालिकामा वैतेश्वर जिल्लाकै उत्कृष्ट पालिका  « Khabarhub

कार्यसम्पादन मूल्यांकनमा नगरपालिका तर्फ जिरी र गाउँपालिकामा वैतेश्वर जिल्लाकै उत्कृष्ट पालिका 


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

दोलखा– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा दोलखाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिका जिल्लाकै उत्कृष्ट कार्यसम्पादन मुल्यांकन गर्ने स्थानीय तह बनेका छन् ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा भिमेश्वर नगरपालिकालाई करिब पाँच प्रतिशत अंकले जिरी पहिलो बनेको छभने,सात गाउँपालिका मध्ये ३६ दशमलव ३६ अंक प्राप्त गर्दै वैतेश्वर गाउँपालिका पहिलो बनेको हो ।

आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यसम्पादन मूल्यांकनमा जिरी नगरपालिकाले सबैभन्दा बढी ४२.८० प्रतिशत अंक पाएर उत्कृष्ट बनेको हो ।

यस्तै, दोस्रोमा जिल्लाको भीमेश्वर नगरपालिकाले ३८.९४ प्रतिशत अंक पाएको छ भने तेस्रोमा बैतेश्वर गाउँपालिकाले ३६.३६ प्रतिशत अंक प्राप्त गरेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा शैलुङ गाउँपालिकाले ३३.१७ प्रतिशत, तामाकोशी गाउँपालिकाले ३२.९३ प्रतिशत, गौरीशंकर गाउँपालिकाले २८.८१ प्रतिशत अंक पाएको छ ।  भने,मेलुङ गाउँपालिकाले २६.६० प्रतिशत र बिगु गाउँपालिकाले सबैभन्दा कम २५.९९ प्रतिशत अंक पाएको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ७ को अधीनमा रही आयोगले प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्यांकन गरी अंक प्रदान गरेको जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ७ : ५९ बजे

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै