कार्यसम्पादन मूल्यांकनमा नगरपालिका तर्फ जिरी र गाउँपालिकामा वैतेश्वर जिल्लाकै उत्कृष्ट पालिका  « Khabarhub

कार्यसम्पादन मूल्यांकनमा नगरपालिका तर्फ जिरी र गाउँपालिकामा वैतेश्वर जिल्लाकै उत्कृष्ट पालिका 


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

दोलखा– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा दोलखाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिका जिल्लाकै उत्कृष्ट कार्यसम्पादन मुल्यांकन गर्ने स्थानीय तह बनेका छन् ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा भिमेश्वर नगरपालिकालाई करिब पाँच प्रतिशत अंकले जिरी पहिलो बनेको छभने,सात गाउँपालिका मध्ये ३६ दशमलव ३६ अंक प्राप्त गर्दै वैतेश्वर गाउँपालिका पहिलो बनेको हो ।

आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यसम्पादन मूल्यांकनमा जिरी नगरपालिकाले सबैभन्दा बढी ४२.८० प्रतिशत अंक पाएर उत्कृष्ट बनेको हो ।

यस्तै, दोस्रोमा जिल्लाको भीमेश्वर नगरपालिकाले ३८.९४ प्रतिशत अंक पाएको छ भने तेस्रोमा बैतेश्वर गाउँपालिकाले ३६.३६ प्रतिशत अंक प्राप्त गरेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा शैलुङ गाउँपालिकाले ३३.१७ प्रतिशत, तामाकोशी गाउँपालिकाले ३२.९३ प्रतिशत, गौरीशंकर गाउँपालिकाले २८.८१ प्रतिशत अंक पाएको छ ।  भने,मेलुङ गाउँपालिकाले २६.६० प्रतिशत र बिगु गाउँपालिकाले सबैभन्दा कम २५.९९ प्रतिशत अंक पाएको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ७ को अधीनमा रही आयोगले प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्यांकन गरी अंक प्रदान गरेको जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ७ : ५९ बजे

इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक