इराकविरुद्ध नेपालको गोल वर्षा, साबित्रा एक्लैले गरिन् ४ गोल « Khabarhub

इराकविरुद्ध नेपालको गोल वर्षा, साबित्रा एक्लैले गरिन् ४ गोल


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तरगत इराकविरुद्धको खेलमा नेपालकी सावित्रा भण्डारीले ह्याट्रिक गरेकी छन् । खेलको पहिलो हाफ सकिँदा भण्डारी एक्लैले चार गोल गरेपछि नेपाल ४–० ले अगाडी छ ।

सावित्राले खेलको १४ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दुई मिनेट नवित्तदै भण्डारीले अर्को गोल गरिन् । भने खेलको ३७ औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन् । त्यस्तै खेलको ४४ औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ४–० को अवस्थामा पुर्याएकी हुन् ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराउँदै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो । इराक भने पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन् । नेपाल रहेको समूह ‘बी’ मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ‘ए’ मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ८ : ३९ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष