कांग्रेस बैठक : ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग | Khabarhub Khabarhub

कांग्रेस बैठक : ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी महिला प्रतिनिधिले पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

सम्मेलन केन्द्रमा भएको समूहगत छलफलमा सहभागी महिला प्रतिनिधिले पार्टीभित्र महिला सहभागिता सुनिश्चित गर्न माग गरेका हुन् । बैठकमा धारणा राख्दै स्याङ्जाकी महासमिति सदस्य कल्पना तिवारीले मुलुकमा ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या रहेको महिलालाई पार्टीले ३३ प्रतिशत अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

“गठबन्धनका कारण स्थानीय तहमा महिला सहभागितामा कमी आएको छ, कांग्रेसको बैठकले यसलाई विशेष प्राथमिकता दिनुपर्छ,” उनले भने। शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने नीति कांग्रेसले लिनुपर्ने महासमिति सदस्य तिवारीको भनाइ थियो । नेपालको आर्थिक वृद्धिका लागि प्राकृतिक स्रोत साधन, वनको बहुउपयोग गर्ने नीति लिएर कलकारखाना खोल्नुपर्नेमा उनले जोड दिए ।

काठमाडौँका महासमिति सदस्य शुभद्रा खड्काले सामुदायिक शिक्षा क्षेत्रको विकासका लागि सरकारी कर्मचारी र सांसदका छोराछोरीले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउनुपर्ने बताए । “सांसद भएका व्यक्ति पनि वडाबाट नै क्षेत्रीय प्रतिनिधि भएर आउने व्यवस्था गरिनुुपर्छ,” उनले भने ।

कांग्रेस तेह्रथुमकी महासमिति सदस्य बसन्ती गुरुङले एउटै व्यक्तिलाई पटक–पटक अवसर दिँदा नयाँ व्यक्तिको पालो नआउने उल्लेख गर्दै नयाँ व्यक्तिलाई पार्टीभित्र काम गर्ने अवसर प्रदान गर्नुपर्ने बताए । “एउटै व्यक्तिले पहुँचको आधारमा केन्द्र र प्रदेशमा दाबी गर्दा अन्यलाई समस्या भएको छ, यसमा पार्टीले पुनःविचार गर्नुपर्छ,” उनले भने।

कांग्रेस महोत्तरीकी महासमिति सदस्य नीनु कर्णले तराई क्षेत्रबाट महासमिति बैठकमा महिलाको सहभागिता कम हुनु दुःखद कुरा भएको बताए । “पुरुषप्रधान सोचका कारण महिलालाई राजनीतिमा आउन समस्या भएको छ, यसमा पार्टीले ध्यान दिनुपर्छ,” उनले भने ।

कांग्रेस तेह्रथुमकी महासमिति सदस्य सीता गुरुङले संविधानमा नै महिलाको अधिकार ३३ प्रतिशत भए पनि यसको पूर्ण कार्यान्वयन हुन नसक्दा समस्या भएको बताए । “तीनै तहमा महिला सहभागिता सुनिश्चित गरे पनि उक्त सहभागिता यथेष्ट देखिएको छैन,” उनले भने।

यही फागुन ७ गतेदेखि जारी महासमिति बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । बैठकको आज चौथो दिनसम्म आएका सुझावलाई कांग्रेसका प्रदेश सभापतिले बैठकमा प्रस्तुत गरेका थिए ।

याे पनि…

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  १० : ०८ बजे

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल