विश्व पानी दिवस : स्वस्थ जीवनमा पानीको महत्त्व  | Khabarhub Khabarhub

विश्व पानी दिवस : स्वस्थ जीवनमा पानीको महत्त्व 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व पानी दिवस । पानी हाम्रो जीवनको आधार हो । हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ। पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपन प्रदान गर्ने गुण हुन्छन्। शुद्ध पानी हाम्रो जीवन नै हो। खाली पेटमा वा खाना खाएर भरिएको शरीरमा जुनै बेलामा पनि पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। बिहान खाली पेटमा मनतातो पानी र त्यस पानीमा थोरै कागती मिसाएर खानु निकै राम्रो मानिन्छ। प्रशस्त पानीले हाम्रो पाचन प्रणालीमा पनि ठूलो भूमिका खेलेको हुन्छ। पानी बिना शरीरका कुनै पनि क्रिया चल्दैनन् । प्रत्येक मान्छेले दैनिक रूपमा डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनु पर्ने चिकित्सकहरू बताउँछन् ।

दूषित पानीले स्वास्थ्यमा पार्ने असर
टाइफाइड र झाडापखाला : दूषित पानी खाँदा टाइफाइड हुन्छ । टाइफाइड ब्याक्टेरियाबाट हुन्छ। जुन व्यक्ति टाइफाइड संक्रमित छ । उसको दिशा, पिसाबमा कीटाणु हुन्छ र संक्रमित व्यक्तिले राम्रोसँग हात धोएन भने अरूलाई सर्न सक्छ। टाइफाइड भएको व्यक्तिलाई उच्च ज्वरो आउने, वान्ता हुने झाडापखाला लाग्ने हुन्छ। कतिपय अवस्थामा झाडापखाला जीवनजल, नुन पानी खाँदा ठिक हुन्छ । तर, टाइफाइड भयो भने औषधि खानुपर्ने हुन्छ। यसको उपचारका लागि एन्टिबायोटिक खानुपर्ने हुन्छ । झाडापखाला, टाइफाइड जन्डिस गराउने भाइरस (हेपाटाइटिस) पनि पानीकै कारणले हुने गर्छ ।

आउ स् आउ पर्दा बिरामीमा पेट धेरै दुखेर एक दिनमा धेरै पटक दिसा लाग्ने र दिसामा रगत तथा फिँज देखा पर्ने हुन्छ। आउँबाट बच्नको लागि हामीले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। सफा स्वच्छ र उमालेको पानी प्रशस्त मात्रामा पिउने गर्नु पर्दछ। साथै दिशा पिसाब गरेपछि साबुन पानीले हात धुने र सागपात तथा फलफूलहरू राम्रोसँग पखालेर खानु पर्दछ ।

हैजा स् तारन्तार उल्टी (वान्ता) लाग्ने र दिसा ल्याउने रोग हो हैजा। हैजा लाग्दा मानिसलाई लगातार दिसा जाने र पेटमा सुईले घोचेको जस्तो पीडा हुने गर्दछ । त्यस्तै दूषित पानीको कारणले मलेरिया, डेंगी लगायतका संक्रमण देखा पर्छन् ।

जुका पर्ने स् दूषित पानीको प्रयोगले पेटमा जुका पर्न सक्ने सम्भावना धेरै हुन्छ। हामीले दूषित पानी पिउँदा विभिन्न प्रकारका परजीवी शरीरभित्र जान सक्छन्।

छाला सम्बन्धी समस्या स् फोहोर पानीले हाम्रो शरीर भित्र मात्र होइन बाहिर पनि धेरै असर पर्दछ। हामीले नुहाउँदा होस् वा अन्य काममा फोहोर पानीको प्रयोग गयौँ भने हाम्रो छालामा लुतो, दाद, घाउ, खटिरालगायत समस्या देखा पर्दछन् ।

सामान्यतया झाडापखाला लागेको व्यक्तिमा पानीको कमी हुन्छ। सङ्लो पिसाब आउने बेलासम्म नुन चिनी पानी खानुपर्छ । यदि पानी खाइएन भने डिहाइड्रेसन हुन्छ। तर सुगर भएका बिरामीले विशेष ध्यानमा राखेर चिनी पानीको सेवन गर्नुपर्ने हुन्छ ।

कस्तो पानी पिउने ?

एलर्जीको समस्या हुनेहरुले भने चिसो पानी नपिउने,

– पानी उमालेको मात्र पिउने,

– पानी फिल्टर गरेर पिउने,

– जहाँ पायो त्यही बाहिरको पानी नपिउने, 

– खोला, धारा, इनारको पानी त्यसै पिउनु राम्रो हुँदैन ।

– पिसाब लाग्ने गरी पानी खानु स्वास्थ्यका लागि राम्रो हुन्छ।  

-पानीमा आइस हालेर पिउनु राम्रो नमानिने चिकित्सकहरू बताउँछन् । 

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : २१ बजे

सुमनसिंको झुप्रोमा मुख्यमन्त्रीको नजर : व्यक्तिगत खर्चमा दशैँअघि नै घर बनाइदिने

हेटौँडा– गत भदौ ३ गते राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं प्रजा

सहुलियतपूर्ण कर्जाका लागि कार्यविधि : सरकारले तीन प्रतिशत ब्याजमा अनुदान दिने

काठमाडौं– सरकारले सहुलियतपूर्ण कर्जाका लागि नयाँ कार्यविधि ल्याएको छ ।

टिप्पणी : उखु किसानलाई किन देखिसहँदैन सरकार ?

काठमाडौं– हरेक वर्ष उखु किसान काठमाडौँ आएर धर्ना नबसेसम्म सरकारले

दुर्घटना न्यूनीकरणका लागि बागमतीमा ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन 

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता

उपप्रधानमन्त्री सिंहले भने- चाडबाडको मौका छोपेर कालोबजारी गर्नेलाई सरकारले नियन्त्रण गर्छ 

बुटवल– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र