भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे « Khabarhub

भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

जानकी– नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन् ।

गत आवको यही समय अवधिमा २६ हजार ९८७ जना सेवाग्राहीले अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिएका थिए । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गर्दा एकाइबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या घट्दै गएको छ ।

अस्पतालका अनुसार चालु आवको साउनदेखि फागुनसम्म सामाजिक सेवा एकाइबाट पाँच हजार छ सय ७६ जना जना गरिब तथा असहाय र ज्येष्ठ नागरिकले सेवा लिएका थिए । कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ९७ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब असहाय, महिला, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा तथा भूकम्पपीडितलाई उक्त सेवा प्रदान गरिएको हो ।

त्यसैगरी यो आठ महिनामा एक हजार छ सय ७९ जना ज्येष्ठ नागरिकले सो सेवा लिएका छन् । गत वर्षको साउनदेखि फागुनसम्मको अवधिमा उक्त एकाइबाट सेवा लिनेको सङ्ख्या छ हजार छ सय ८७  थियो । यसैगरी , चार हजार पाँच सय ३३ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब असहाय, महिला, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा तथा भूकम्पपीडितलाई उक्त सेवा प्रदान गरिएको थियो ।

अस्पतालले विपन्न नागरिक उपचार कोषमार्फत पनि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । सिकलसेल, मुटुरोग, स्पाइनल कर्ड इन्जुरी, हेड इन्जुरी तथा हेमोडायलासिसका बिरामीलाई सरकारले तोकेको मापदण्डअनुसार एक जना बिरामीलाई एकपटकमा रु एक लाखसम्मको निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ९ : ३२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का