चलचित्र ‘साम्राज्य’ निर्माणको घोषणा, भारतीय नायकको मुख्य भूमिका रहने  « Khabarhub

चलचित्र ‘साम्राज्य’ निर्माणको घोषणा, भारतीय नायकको मुख्य भूमिका रहने 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘साम्राज्य’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार ठमेलमा पत्रकार सम्मेलन गरी निर्माणको घोषणा गरिएको छ ।

निर्माणले पक्षले भारतीय र नेपाली कलाकारलाई लिएर फिल्म निर्माण गर्ने बताएको छ । फिल्मको मुख्य भूमिकामा भोजपुरी नायक कुन्दन भारद्वाज र नेपाली नायिका अनुजा लोप्चा रहने भएका छन् । त्यस्तै, प्रशान्त ताम्राकार खलपात्रमा देखिने भएका छन् ।

फिल्मका निर्देशक बाबुसायब बलामीका अनुसार फिल्म हिन्दी र नेपाली भाषामा प्रदर्शन गर्ने योजनामा निर्माण पक्ष रहेको छ । उनले भने, ‘दुवै भाषामा प्रदर्शन मात्र होइन कालकार पनि भारतीय र नेपाली बराबर राख्ने योजना रहेको छ ।’

कुन्दन र अनुजाले फिल्म ‘देववाणी’मा सहकार्य गरिसकेका छन् । सो फिल्म भारत र नेपालमा एकसाथ प्रदर्शनमा आउँदै छ ।

अनुजा इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस फिल्मको निर्माता हिराबहादुर लेप्चा र पुर्णिमा लेप्चा रहेका छन् ।

जेठ २५ गतेबाट छायांकनमा निस्कने निर्माण पक्षको योजना रहेको छ ।

 

तस्बिर : चिरायु शाक्य 

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार