भरतपुरमा साइकल र्‍याली शुरु  « Khabarhub

भरतपुरमा साइकल र्‍याली शुरु 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साइकल सिटिका रूपमा चितवनको भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुरमा साइकल र्‍यालीको आयोजना गर्दै अभियानको शुरु गरिएको हो । हरेक वर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रूपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार चितवनको भरतपुरमा बृहत साइकल र्‍यालीको आयोजना गरेको छ ।

नारायणगढस्थित नारायणी नदी किनारबाट शुरु भएको र्‍यालीको भरतपुर महानगरका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । सो अवसरमा प्रमुख दाहालले साइकल सिटिका रूपमा भरतपुरको पुरानो पहिचान फर्काउन महानगरले अभियान नै चलाएको बताइन् ।

साइकल चलाऔँ,वातावरण जोगाऔँ,स्वस्थ रहौँ भन्ने नारा सहित आयोजना गरिएको र्‍याली नारायणी नदी किनारबाट शुरु भई टर्मिनल, हामिकचोक, चौवीसकोठी, शहीदचोक, पुल्चोक हुदै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो ।

चैत १० गते भरतपुरको गणेशस्थानबाट तेस्रो संस्करणको प्रज्ञा स्मृति साईक्लिङ एमटिबी क्रसकन्ट्री ओलम्पिक प्रतियोगिता आयोजना हुने कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिए ।

नेपाल साईक्लिङ संघ र चितवन साइकल राईडर्स क्लवको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ५० हजार,४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  २ : १४ बजे

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा