महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्ववियुले लगायो ताला  | Khabarhub Khabarhub

महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्ववियुले लगायो ताला 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न ८ बुँदे माग राख्दै स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज नर्सिङ क्याम्पसको डिन कार्यालयमा तालाबन्दी गरेका छन् ।

उनीहरूले क्याम्पस तथा आइओएम प्रशासनसमक्ष ८ बुँदे माग अघि सरेर डिनको कार्यालयमा तालाबन्दी गरेका हुन् । महराजगन्ज क्याम्पसमा अध्ययनरत नर्सहरूले भौतिक पूर्वाधार निर्माण नगरी ल्याइएको मिडवाफाई कार्यक्रमले विद्यार्थीहरूलाई अन्योलमा पारेको हुँदा यसलाई स्पष्ट पारेर मात्रै नर्सिङ कार्यक्रममा समावेश गर्नुपर्ने बताएको छ ।

नर्सिङ क्याम्पस महाराजगञ्जकी स्ववियू सभापति नोविना बस्नेतले क्याम्पस प्रशासनको नेतृत्व तहबाट भएको गम्भीर लापरबाहीको विरोधमा आफूहरू आन्दोलित भएको बताइन् । त्यसो त बिएमएसका विद्यार्थीहरूले विगत १८ दिनदेखि एकेडेमीक र क्लिनिकल गतिविधिहरूलाई बहिष्कार गर्दै आएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ५ : १० बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय