यस्तो बन्यो ‘डिग्री माइला’को ट्रेलर  « Khabarhub

यस्तो बन्यो ‘डिग्री माइला’को ट्रेलर 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार कमलपाेखरीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

‘किन चाउरियो मरिच आफ्नै रागले’ स्लोगन दिएर निर्माण गरिएको यस फिल्मको ट्रेलरमा दयाहाङ राईले डिग्रीको घमण्ड देखाएको देख्न सकिन्छ । सबैले गाउँकै शिक्षण संस्था अध्यापन गराउन आग्रह गर्दा पनि उनले घमण्डका साथ इन्कार गरेको ट्रेलरमा देखिन्छ ।

कार्यक्रममा फिल्मका मुख्य कलाकार नायक दयाहाङ राई, नायिका आँचल शर्मा, ऋचा शर्मा, बुद्धि तामाङ, कमलमणि नेपाल माओत्से गुरुङलगायतका कलाकार उपस्थित थिए । फिल्ममा यी बाहेक विजय बराल, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ ।

त्यस्तै, ऋचाको भने फिल्ममा विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ । रामबाबु गुरुङको निर्देशन रहेको यो फिल्म चैत ३० बाट प्रदर्शनमा आउँदै छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र शुस्मा गुरुङ रहेका छन् । कार्यकारी निर्माता भने कृश लामा हुन् ।

भिडियाे…

 

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : १४ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित