विश्वव्यापी बढ्दो तापक्रमले खाद्य पदार्थको मूल्य बढाउने « Khabarhub

विश्वव्यापी बढ्दो तापक्रमले खाद्य पदार्थको मूल्य बढाउने


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पेरिस – विश्वव्यापी बढ्दो तापक्रम र गर्मीको लहरका कारण भविष्यमा विश्वभर खाद्यान्नको मूल्य र समग्र मुद्रास्फीति थप बढ्ने अपेक्षा गरिएको वैज्ञानिक र युरोपेली केन्द्रीय बैंकले गरेको नयाँ शोधले बताएको छ ।

बिहीबार कम्युनिकेसन्स अर्थ एन्ड इन्भाइरोन्मेन्ट जर्नलमा प्रकाशित पेपरमा असर अलग अलग भए पनि हरेक स्थानमा विशेषगरी विकासोन्मुख मुलुकहरूमा यसको महसुस हुने बताइएको छ । लु, खडेरी र बाढीजस्ता चरम मौसम तीव्ररूपमा बढिरहँदा र जलवायु तापक्रम बढिरहँदा खेती र खाद्यान्न उत्पादनसहित अर्थतन्त्रका प्रमुख क्षेत्रमा असर परिरहेको छ ।

उक्त नयाँ अध्ययनका लागि पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पिआइके) र युरोपेली केन्द्रीय बैंकका शोधकर्ताहरूले सन् १९९६ र सन् २०२१ बीच एक सय २१ मुलुकका ऐतिहासिक मूल्य र मौसमी तथ्याङ्क लिएका थिए ।

उनीहरूले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमबाट सन् २०३५ सम्म विश्वभर खाद्यान्नको मूल्य प्रत्येक वर्ष एक दशमलव ४९ र एक दशमलव ७९ प्रतिशत अङ्कको बीचमा बढ्ने प्रक्षेपण गरेका छन् । समग्र मुद्रास्फीतिमा भविष्यमा तापक्रम वृद्धि र गर्मीको चरम सीमाको प्रभाव सर्वोत्तम र सबैभन्दा खराब स्थिमिा शून्य दशमलव ७६ र शून्य दशमलव ९१ प्रतिशत अङ्कबीच हुनेछ ।

“उच्च तापक्रम विशेषगरी गर्मीमा वा उष्ण स्थानहरूमा मुख्यरूपमा खाद्यान्न मुद्रास्फीतिसहित समग्र मुद्रास्फीतिमा पनि मूल्य बढ्ने हामीले बलियो प्रमाण प्राप्त गरेका छौँ”, पिआइकेबाट रिपोर्ट गरिएक लेखकहरूमध्येका एक म्याक्सिमिलियन कोट्जले बताए ।

उनका अनुसार पहिले नै तातो भएका क्षेत्रहरू विशेषगरी विश्वका गरिब र विकासोन्मुख क्षेत्रमा भविष्यमा तापक्रम वृद्धिबाट खाद्यान्न मूल्य र मुद्रास्फीतिमा प्रभाव सबैभन्दा धेरै महसुस गरिने छ । अध्ययनमा अफ्रिका दक्षिण अमेरिका सबैभन्दा धेरै प्रभावित महादेश बन्ने पाइएको छ । यद्यपि चरम जलवायु सीमाका कारण उत्तरी गोलार्ध उच्च मूल्यबाट नबच्ने कोट्जले बताए।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ९ : ५४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार