ठुलो आन्द्रालाई क्यान्सरबाट कसरी जोगाउने ? | Khabarhub Khabarhub

ठुलो आन्द्रालाई क्यान्सरबाट कसरी जोगाउने ?


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय क्यान्सरको समस्या बढिरहेको छ। मानिसको रगतदेखि विभिन्न अंगसम्म क्यान्सरको जोखिम हुन्छ। जीवनशैली र खानपानकै कारण क्यान्सर बढेको विभिन्न अध्ययनले देखाएका छन्। ठुलो आन्द्राका कोषिकाहरू अनियन्त्रित भएर विभाजित हुनुलाई यसको क्यान्सर मानिन्छ। संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा यो रोग फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा पर्छ। सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा तेस्रो नम्बरमा पर्छ। नेपालमा ठुलो आन्द्राको क्यान्सर भएकाहरुको संख्या दिनदिनै बढ्दो छ। विकसित देशमा ठूलो आन्द्राको क्यान्सर निकै सामान्य भइसके पनि नेपालमा यसबारे जनचेतनाको अभावले र समयमा निदान तथा उपचार हुन नसक्दा ठूलो जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ। खानपान र जिवनशैलीमा ध्यान दियो र समयमै उपचार गर्न सके यो पूर्ण रुपमा निको पार्न सकिने चिकित्सक बताउँछन्। ठुलो आन्द्रामा किन क्यान्सर हुन्छ ? यसको रोकथामको उपाय के हो ? भइहाले यसको उपचार कसरी गर्न सकिन्छ ? यी र यस्तै विषयमा केन्द्रित भएर ग्यास्ट्रो सर्जन पवनसिंह भाटसँग गरिएको कुराकानीः

पखाला लाग्ने, कब्जियत हुने, कालो दिसा आउनु, दिसामा रगत देखिनु, दिसा लागेजस्तो हुनु तर नआउनु, दुब्लाउँदै जानु, खान मन नलाग्नु, पेट डम्म हुनु, वाकवाकी लाग्नु, पेट फुल्नु, कमजोर र थाकेको महसुस हुनु आन्द्राको क्यान्सरका प्रमुख लक्षण हुन्।

ठुलो आन्द्रामा क्यान्सर कसरी हुन्छ ?
कुनै पनि क्यान्सर मुख्य दुई वटा कारणले हुने हो। एउटा हाम्रो जीवनशैली जस्तै खानपान, व्यायामको कमीले हुने हो। अर्को भनेको वंशाणुगत कारण हो। परिवारका कुनै सदस्यमा ठुलो आन्द्राको क्यान्सर भएमा सन्तानमा पनि क्यान्सर हुने सम्भावना रहन्छ । त्यस्तै अत्यधिक मात्रामा रातो मासु खाने, प्रशोधित खानेकुरा धेरै खाने, हरियो सागसब्जी कम खाने र व्यायाम नगर्नेमा यस्तो समस्या बढी देखिन्छ।

यसका लक्षण कस्ता कस्ता देखिन्छन् ?
ठुलो आन्द्रालाई विभिन्न भागमा वर्गीकरण गरिएको हुन्छ। सानो आन्द्रा आएर छिर्ने ठाउँलाई शिखम भनिन्छ। शिखमसँगै सानो एपेण्डिक्स भन्ने अंग पनि हुन्छ। त्यस्तै ठुलो आन्द्राको विभिन्न भागमा देखिएको क्यान्सर अनुसार यसका लक्षण फरकफरक हुन्छन्। पखाला लाग्ने, कब्जियत हुने, कालो दिसा आउनु, दिसामा रगत देखिनु, दिसा लागेजस्तो हुनु तर नआउनु, दुब्लाउँदै जानु, खान मन नलाग्नु, पेट डम्म हुनु, वाकवाकी लाग्नु, पेट फुल्नु, कमजोर र थाकेको महसुस हुनु आन्द्राको क्यान्सरका प्रमुख लक्षण हुन्।

पायल्स र ठुलो आन्द्राको क्यान्सरका लक्षण उस्तैउस्तै देखिन्छन्, लक्षण जस्तै यी समस्या कति सम्बन्धित छन् ?
पायल्स भनेको दिसा बस्ने मलद्वारमा बाँडिएर बसेका नसाको समस्या हो। मलद्वारमा रहेका नसाहरु कुशन जस्तै गरी बसेका हुन्छन्। पायल्स हुँदा रगत आउने भनेको त्यो फुटेर आउने हो। ठुलो आन्द्राको क्यान्सरमा दायाँतर्फको भागबाट थोरै थोरै रगत बगिरहन्छ। पायल्स क्यान्सर होइन। तर ठुलो आन्द्राको क्यान्सरको लक्षण पायल्स हुनसक्छ।

ठुलो आन्द्राको क्यान्सरमा दायाँतर्फको भागबाट थोरै थोरै रगत बगिरहन्छ। पायल्स क्यान्सर होइन। तर ठुलो आन्द्राको क्यान्सरको लक्षण पायल्स हुनसक्छ।

नेपालमा ठुलो आन्द्राको क्यान्सरको अवस्था के छ ?
पेटको क्यान्सरमा ठुलो आन्द्राको क्यान्सर सामान्य हो। यसमा खानपान र जीवनशैलीले धेरै रोल खेल्छ। नेपालीको खानपानमा अहिले धेरै परिवर्तन भएको छ। पहिले पहिले हामी हप्तामा महिनामा एक पटक मासु खान्थ्यौं भने अहिले दैनिक मासुको प्रयोग हुन थालेको छ। त्यस्तै मदिरा सेवन चुरोटको सेवन पनि बढेको छ। जसले गर्दा बुढ्यौली समयमा देखिने यो क्यान्सर अहिले युवा अवस्थामै धेरै देखिन थालेको छ।

यो क्यान्सर थाहा पाउन के गर्ने ?
शरीरमा रगतको मात्रा जाँच गरिरहनुपर्छ। यसका लागि दिसा जाँच गर्ने वा कोलोनोस्कोपी पनि गर्न सकिन्छ। यसमा मलद्वारबाट पाइपभित्र छिराएर जाँच गरिन्छ। यो विधिबाट आन्द्रामा घाउ भएको छ कि छैन ? घाउबाट रगत बगेको छ कि छैन, मासु पलाएको छ किन छैन भनेर जाँच्न सकिन्छ। कतिपय अवस्थामा ठुलो आन्द्रामा मुसा पलाएर रगतको थोपा चुहिरहेको हुनसक्छ। जुन यसबाट थाहा पाउन सकिन्छ।

यसको उपचार विधि के छ ?
पहिला हामीले बायप्सी गरेर रोग पता लगाउँछौँ। त्यसपछि रोगको स्टेज निर्धारण गर्छौं। त्यसपछि सिटी स्क्यान हुन्छ। यदि यो स्टेज १, २, ३ को छ भने हामीले सुरुमा अप्रेसन गर्न सक्छौँ। शून्य १, २ सम्मको स्टेजको ठुलो आन्द्राको क्यान्सर छ। त्यसलाई अप्रेसन गरेर फाल्दा मात्र पुग्छ। त्यो भन्दा विकसित क्यान्सरलाई हामीले अप्रेसनपछि किमो थेरापी दिनुपर्ने हुन्छ। साथै यो क्यान्सर धेरै तिर फैलिएको छ भने हामीले त्यसलाई किमो थेरापीको साथै अन्य प्यालेटिभ किमो थेरापी दिन्छौँ। यति गर्दा ठुलो आन्द्राको क्यान्सरबाट केही समय बाँच सक्छौँ। आन्द्रामा सानोसानो मुसा पलाएको छ भने कोलोनोस्कोपी विधिबाट त्यसलाई निकालिन्छ। शल्यक्रिया गर्न नमिलेको अवस्थामा भने किमोथेरापी वा क्यान्सरलाई स्थिर राख्ने औषधीको प्रयोग गरिन्छ।

आन्द्रामा सानोसानो मुसा पलाएको छ भने कोलोनोस्कोपी विधिबाट त्यसलाई निकालिन्छ। शल्यक्रिया गर्न नमिलेको अवस्थामा भने किमोथेरापी वा क्यान्सरलाई स्थिर राख्ने औषधीको प्रयोग गरिन्छ।

यसबाट बच्नका लागि के के कुरामा ध्यान दिनुपर्छ ?
ठुलो आन्द्रामा क्यान्सर हुन नदिन खानपानमा विशेष ध्यान दिनुपर्छ। ४५ वर्षको उमेर नाघिसकेपछि पाँच वर्षको एकचोटी कोलोनोस्कोपी जाँच गराउनुपर्छ। यसले सानो आन्द्रामा मासु वा सानो मुसा पलाएको अवस्थामा समयमै उपचार गरेर भविष्यमा क्यान्सर हुने जोखिम कम हुन्छ। तर नेपालमा अधिकांश बिरामी जटिल अवस्थामा मात्र अस्पताल पुग्ने गर्दा समस्या हुने गरेको छ। त्यस्तै नियमित व्यायाम गर्ने, हरियो सागपात तथा फलफूल प्रशस्त मात्रामा खाने, तौल नियन्त्रणमा राख्ने, सन्तुलित र ताजा खानेकुरा खाने, रातो मासु धेरै नखाने, मासुको सेकुवा, साँधेको वा काँचो मासु खानु हुँदैन। धुम्रपान र मध्यपानबाट टाढै बस्ने गर्नुपर्छ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ७ : १६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने