सेनाको सफा हिमाल अभियान टोली सगरमाथा आधार शिविरमा « Khabarhub

सेनाको सफा हिमाल अभियान टोली सगरमाथा आधार शिविरमा


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको सफा हिमाल अभियान टोली सगरमाथाको आधार शिविर पुगेको छ ।

सगरमाथा, ल्होत्से तथा नुत्से हिमाल सफाइका लागि काठमाडौँबाट बैशाख २ गते काठमाडौँबाट स्याङ्बोचे प्रस्थान गरेको टोली आइतबार आधार शिविरमा पुगेको हो ।

टोलीले यसअघि हिमाल सफाइ कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि नाम्चेमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी), मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय, बुद्धिजीवी तथा विभिन्न संघसंस्था प्रतिनिधिसँग समन्वयात्मक बैठक गरेको थियो ।

यस्तै उक्त टोलीले नाम्चेदेखि सगरमाथा आधार शिविर जाने क्रममा पदमार्गमा भेटिएका फोहोर समेत संकलन गरेको छ ।

अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुत्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य रहेको जनाएको छ ।

 

 

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ३८ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ