पुरानो फोन बेच्दा ध्यान दिनु पर्ने कुराहरू  « Khabarhub

पुरानो फोन बेच्दा ध्यान दिनु पर्ने कुराहरू 


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानवीय स्वभाव नै हो केही कुरा प्रयोग गरेपछि त्यसको रहर पुग्छ र नयाँ अर्को मन पर्न थाल्छ । मोबाइलमा पनि त्यस्तै हो  । एउटा मोबाइल मन पर्छ, किन्यो र पछि अर्को ब्रान्डको मोबाइल आएपछि अर्को लिने रहर हुन्छ । त्यसमा पुरानो फोन बेचेर नयाँ लिनेको संख्या पनि थोरै छैन । एउटा सर्भे अनुसार मानिसहरूले औसतमा हरेक १/२ वर्षमा आफ्नो पुरानो फोन बदल्ने गर्दछन् । बजारमा हरेक दिन नयाँ नयाँ फोन सार्वजनिक भइरहेका छन्, जसमा एक सय एक नयाँ फिचरहरू उपलब्ध हुन्छन् ।

के तपाई पनि आफ्नो पुरानो फोन बेचेर त्यसैमा पैसा थपेर अर्को लिन्छु भन्ने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने यी कुरामा ध्यान दिन अत्यन्तै जरुरी छ ।

– सबै भन्दा पहिला त आफ्नो फोन बिक्री गर्नुअघि त्यसमा रहेका सबै डाटाको ब्याकअप गर्नु पर्छ । ब्याकअपका लागि गुगल फोटोज, गुगल ड्राइभ, माइक्रोसफ्ट वनड्राइभ, ड्रपबक्स तथा अन्य कुनै क्लाउड सर्भिसको उपयोग गर्न सकिने छ। पेन ड्राइभ वा अन्य बाहिरी हार्डड्राइभमा पनि डाटा ब्याकअप गर्न सकिन्छ।

–  अहिले मानिसहरूले हरेक मोबाइलमा  सोसल मिडिया तथा बैंकिङ एप  चलाउने गर्छन् । त्यसैले हरेकले  आफ्नो फोन बेच्नुअघि त्यसमा रहेका आफ्ना सोसल मिडिया एप, बैंकिंग एप, भुक्तानी वालेटलगायतका आफ्नो अकाउन्ट रहेका एपहरूलाई हटाउनु पर्छ र डाटा पनि डिलिट गर्नु पर्छ ।

– त्यसपछि आफ्नो मोबाइलमा प्रयोग भइरहेको वा त्यसै राखिएको भए पनि सिमकार्ड निकाल्नु पर्छ । यदि ईसिम प्रयोग गर्नुहुन्छ भने  फोनको सेटिंग्सबाट इ सिमको प्रोफाइल अनिवार्य डिलिट गर्नु पर्छ ।

– आफ्नो मोबाइलमा भएको मेल आइडी लगायतका अन्य अकाउन्ट भने अवश्य डिलिट गर्नुहोस् ।

– धेरैको बुझाइ छ कि मोबाइल रिसेट गरेपछि सबै उड्छ भन्ने तर कहिलेकाहीँ केही डाटाहरू रहन सक्छन् । त्यसैले आफ्नो फोन बिक्री गर्नुअघि त्यसमा रहेका सबै अकाउन्ट लगआउट गरी  फोनलाई फ्याक्ट्री रिसेट गर्नुहोस् । गुगलदेखि फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामलगायतका सबै अकाउन्टलाई लगआउट गर्नुहोस् ।

अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा 

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ३९ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२