आगलागी पीडितलाई राहत वितरण « Khabarhub

आगलागी पीडितलाई राहत वितरण


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँ पालिका-६ पडरीका आगलागी पीडितलाई रोटरी क्लब अफ नवलपरासीले राहत वितरण गरिएको छ ।

रोटरी क्लब अफ नवलपरासीले सोमबार तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया मरेका पीडितलाई राहत सामग्री वितरण गरेका छन् ।

रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष बिरेन्द्र अग्रहरीले गर्मी बढिरहेको तथा हवा हुरी, बतास चल्न शुरु भएको यस समयमा विगत केही दिनदेखि जिल्लाका केही गाउँ ठाउँमा आगो तीव्र रूपमा फैलिएकाले सजग हुन आग्रह गरे ।

खडेरीको मौसममा  गाउँ घर बस्तीमा आगो फैलिन पुगी जनधनको क्षति हुनुका साथै वन पैदावार, वन्यजन्तु तथा पक्षीसमेतलाई हानिनोक्सानी पुर्‍याई समग्र वातावरणमा नकारात्मक असर पर्ने भन्दै सुक्खायाम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ वरिपरिको क्षेत्रलाई आगो लागि बाट जोगाई  संरक्षणतर्फ अग्रसर हुन स्थानीयवासीलाई अनुरोधसमेत गरे ।

उनले आफ्नो घर वरिपरि तथा वनजङ्गलमा आगलागी हुन नदिन स्थानीयवासी नै चनाखो हुनुपर्नेमा जोड दिए ।

आगलागी पीडितलाई राहत वितरणमा रोटरी क्लब अफ नवलपरासीका सदस्यहरु बाट सहयोग आएको रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष अग्रहरीले बताएका थिए । भने राहत वितरण कार्यक्रममा सुमन गोपाल  आचार्य, सुनिल कसौधन, मेघराज गौतम, पुरुषोत्तम ढकाल , नानु कुमारी खड्का मनोज गिरि लगाएको सहभागिता रहेको थियो ।

शुक्रबार दिउँसो २ बजे पडरीमा लागेको आगोलागीबाट ४ वटा घर पुर्ण क्षती भएको थियो क्षतिमा  रामवृज धोबी , रामबृक्ष धोबी(बुलाकी), चद्रीका दोबी, चन्ना धोबी छन भने आंशिक क्षति राजेश धोबी, भिखारी धोबी, कोइल पठान ,मेराज पठान, कैस मोहम्मद अन्सारी, हैदर अलि अंसारी, इद्रीस पठान, कमरान अन्सारीका घर जलेका थियो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १ : ५८ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु