आगलागी पीडितलाई राहत वितरण | Khabarhub Khabarhub

आगलागी पीडितलाई राहत वितरण


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँ पालिका-६ पडरीका आगलागी पीडितलाई रोटरी क्लब अफ नवलपरासीले राहत वितरण गरिएको छ ।

रोटरी क्लब अफ नवलपरासीले सोमबार तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया मरेका पीडितलाई राहत सामग्री वितरण गरेका छन् ।

रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष बिरेन्द्र अग्रहरीले गर्मी बढिरहेको तथा हवा हुरी, बतास चल्न शुरु भएको यस समयमा विगत केही दिनदेखि जिल्लाका केही गाउँ ठाउँमा आगो तीव्र रूपमा फैलिएकाले सजग हुन आग्रह गरे ।

खडेरीको मौसममा  गाउँ घर बस्तीमा आगो फैलिन पुगी जनधनको क्षति हुनुका साथै वन पैदावार, वन्यजन्तु तथा पक्षीसमेतलाई हानिनोक्सानी पुर्‍याई समग्र वातावरणमा नकारात्मक असर पर्ने भन्दै सुक्खायाम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ वरिपरिको क्षेत्रलाई आगो लागि बाट जोगाई  संरक्षणतर्फ अग्रसर हुन स्थानीयवासीलाई अनुरोधसमेत गरे ।

उनले आफ्नो घर वरिपरि तथा वनजङ्गलमा आगलागी हुन नदिन स्थानीयवासी नै चनाखो हुनुपर्नेमा जोड दिए ।

आगलागी पीडितलाई राहत वितरणमा रोटरी क्लब अफ नवलपरासीका सदस्यहरु बाट सहयोग आएको रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष अग्रहरीले बताएका थिए । भने राहत वितरण कार्यक्रममा सुमन गोपाल  आचार्य, सुनिल कसौधन, मेघराज गौतम, पुरुषोत्तम ढकाल , नानु कुमारी खड्का मनोज गिरि लगाएको सहभागिता रहेको थियो ।

शुक्रबार दिउँसो २ बजे पडरीमा लागेको आगोलागीबाट ४ वटा घर पुर्ण क्षती भएको थियो क्षतिमा  रामवृज धोबी , रामबृक्ष धोबी(बुलाकी), चद्रीका दोबी, चन्ना धोबी छन भने आंशिक क्षति राजेश धोबी, भिखारी धोबी, कोइल पठान ,मेराज पठान, कैस मोहम्मद अन्सारी, हैदर अलि अंसारी, इद्रीस पठान, कमरान अन्सारीका घर जलेका थियो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १ : ५८ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर