निजी अस्पताल पनि सेवामुखी हुनुपर्छ : नगर प्रमुख श्रेष्ठ « Khabarhub

निजी अस्पताल पनि सेवामुखी हुनुपर्छ : नगर प्रमुख श्रेष्ठ


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सिरहा– गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले निजी लगानीमै सही सुविधा सम्पन्न अस्पताल खुलेको प्रति खुसी व्यक्त गरेका छन् ।

गोलबजार ४ स्थित बर्धमान हस्पिटल प्रालिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरपालिकाले विशेषज्ञ सेवा दिन नसके पनि निजी क्षेत्रबाट यो सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरेका हुन् ।

उनले भने, ‘हामीले यहाँको जनताको लागि विशेषज्ञ सेवा प्रदान गर्न सकिरहेका छैनौँ,। निजी क्षेत्रबाटै भए पनि यो गोलबजारको लागी राम्रो सुरुवात भएको छ।’ लगानीको हिसाबले यो एउटा व्यवसायी भए पनि सेवामुखी हुनुपर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिए।

मन्तव्यकै क्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवन कुमार यादवले स्वास्थ्यको क्षेत्रमा गोलबजार नगरपालिकाले अझै काम गर्नुपर्ने अवस्था रहेको बताए। मेयर यादवले तुलनात्मक रूपमा गोलबजारमा अझै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताए।  उनले कतिपय अवस्थामा दुर्घटना र आकस्मिक अवस्थामा यहाँ उपचार गर्ने उचित थलो नभएकाले कतिपयको ज्यान समेत गरेको सुनेकाले यहाँ प्रभावकारी विशेषज्ञ सेवाको आवश्यकता रहेको बताएका हुन् ।

मिर्चैया नगरपालिकाले योजना बनाएरै स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको र केही प्रगतिहरू समेत भएको भन्दै यो अस्पतालको सफलताको कामना समेत गरे । सोही क्रममा अस्पतालका सञ्चालिका डाक्टर सारीका गोईतले उच्च प्रविधियुक्त ल्याब सेवा, एस रे सेवा, बाल रोग विशेषज्ञ सेवासहितका विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गरिने जानकारी दिए ।

उनले, ‘गोलबजार नगरपालिकामा अझै पनि विशेषज्ञ सेवाको प्रबन्ध नरहेकाले हामी यहाँ आएको बताए। हामी एक अर्काको परिपूरक भएर काम गर्न सके राम्रो परिणाम आउनेमा डाक्टर गोइतले जोड दिए। उनले भने, ‘हामी यहाँ बसेर नगरलाई र नगरले हामीलाई सहयोग गरेको खण्डमा यहाँका जनताले धेरै लाभ लिन सक्ने छ।’

उद्घाटन कार्यक्रममा काँग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादव, नेकपा –माओवादी केन्द्र)का नेता तथा संविधानसभा सदस्य जगत् प्रसाद यादव, प्रदेशसभा सदस्य रामकुमार यादवलगायत विभिन्न नगर तथा गाउँ पालिकाका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  २ : २० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच