माल्दिभ्समा राष्ट्रपति मुइज्जुको पार्टीलाई दुईतिहाइ, भारतलाई अर्को झट्का | Khabarhub Khabarhub

माल्दिभ्समा राष्ट्रपति मुइज्जुको पार्टीलाई दुईतिहाइ, भारतलाई अर्को झट्का


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- माल्दिभ्समा आफूलाई भारतविरोधी नेताका रुपमा उभ्याएका मोहम्मद मुइज्जुको पार्टीले दुईतिहाइ बहुमत ल्याएको छ ।

संसदीय चुनावका क्रममा अहिलेसम्म आएको ८६ सिटको नतिजामा मुइज्जुको पार्टीले ६६ सिटसहित दुईतिहाइ बहुमत ल्याएको छ ।

मुइज्जुले माल्दिभ्समा ‘इन्डिया आउट’ अभियान चलाएर राष्ट्रपति बनेका थिए । अब मुइज्जुको पार्टीले संसदीय चुनावमा दुईतिहाइ बहुमततर्फ अघि बढेको हो ।

आइतबार ९३ सिटका लागि भएको मतदानपछिको सुरुवाती रुझानमा अहिलेसम्म ८६ स्थानको परिणाम आएको छ । जसमध्ये ६६ सिटमा मुइज्जुको पिपुल्स नेशनल कांग्रेसले जित निकालेको छ ।

माल्दिभ्समा कुनै पनि पार्टीलाई बहुमतका लागि ४७ भन्दा धेरै सिट चाहिन्छ । नतिजाको आधिकारिक घोषणाका लागि एक हप्ता लाग्न सक्छ ।

माल्दिभ्सको संसदको कार्यकाल आगामी मे महिनामा सुरू हुनेछ । समाचार एजेन्सी एपीका अनुसार मुइज्जुको जित छिमेकी भारतका लागि ठूलो झट्का हो ।

भारत र चीन दुवैले यस चुनावमा नजर लगाइरहेका थिए । दुवै देश रणनीतिक रूपमा अहम माल्दिभ्समा आफ्नो पकड बलियो बनाउने अभियानमा छन् । मुइज्जुको पार्टीको जितपछि अब माल्दिभ्समा आगामी ५ वर्षका लागि चीन समर्थित सरकार रहनेछ ।

मोहम्मद मुइज्जुको दलले अघिल्लो चुनावमा केवल ८ सिट जितेको थियो । त्यसकै कारण राष्ट्रपति मुइज्जुले न त देशमा आफ्नो नीति लागु गर्न सकेका थिए न नै कानुन पास गर्न पाएका थिए । अब दुईतिहाइ मिलेसँगै मुइज्जुको बाटोमा विपक्षीको तगारो पनि हटेको छ ।

चुनावमा भारत समर्थक मानिने माल्दिभ्स डेमोक्रेटिक पार्टी (एमडीपी) ले नराम्रो हार भोगेको छ । एमडीपीले ८९ उम्मेदवार उठाएको थियो । यिनमा एक दर्जनले मात्रै जित निकालेका छन् । मुइज्जु सरकारका एक अधिकारीले यो चुनावमा भूराजनीति अहम् मुद्दा बनेको बताएका थिए ।

अधिकारीका अनुसार मुइज्जु भारतीय सैनिकलाई देशबाट निकाल्ने एजेन्डासहित राष्ट्रपति बनेका थिए । यसमा अहिले पनि उनी आफ्नो अडानमा यथावत छन् ।

तर भारतीय सैनिकलाई हटाउने विषयमा उनलाई संसद्को सहयोग मिलेको थिएन । मुइज्जुले राष्ट्रपति चुनावमा जस्तै संसदीय चुनावमा पनि भारतीय सैनिकलाई माल्दिभ्सबाट निकाल्ने मुद्दालाई प्रमुख बनाएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  २ : २६ बजे

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म