माल्दिभ्समा राष्ट्रपति मुइज्जुको पार्टीलाई दुईतिहाइ, भारतलाई अर्को झट्का « Khabarhub

माल्दिभ्समा राष्ट्रपति मुइज्जुको पार्टीलाई दुईतिहाइ, भारतलाई अर्को झट्का


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- माल्दिभ्समा आफूलाई भारतविरोधी नेताका रुपमा उभ्याएका मोहम्मद मुइज्जुको पार्टीले दुईतिहाइ बहुमत ल्याएको छ ।

संसदीय चुनावका क्रममा अहिलेसम्म आएको ८६ सिटको नतिजामा मुइज्जुको पार्टीले ६६ सिटसहित दुईतिहाइ बहुमत ल्याएको छ ।

मुइज्जुले माल्दिभ्समा ‘इन्डिया आउट’ अभियान चलाएर राष्ट्रपति बनेका थिए । अब मुइज्जुको पार्टीले संसदीय चुनावमा दुईतिहाइ बहुमततर्फ अघि बढेको हो ।

आइतबार ९३ सिटका लागि भएको मतदानपछिको सुरुवाती रुझानमा अहिलेसम्म ८६ स्थानको परिणाम आएको छ । जसमध्ये ६६ सिटमा मुइज्जुको पिपुल्स नेशनल कांग्रेसले जित निकालेको छ ।

माल्दिभ्समा कुनै पनि पार्टीलाई बहुमतका लागि ४७ भन्दा धेरै सिट चाहिन्छ । नतिजाको आधिकारिक घोषणाका लागि एक हप्ता लाग्न सक्छ ।

माल्दिभ्सको संसदको कार्यकाल आगामी मे महिनामा सुरू हुनेछ । समाचार एजेन्सी एपीका अनुसार मुइज्जुको जित छिमेकी भारतका लागि ठूलो झट्का हो ।

भारत र चीन दुवैले यस चुनावमा नजर लगाइरहेका थिए । दुवै देश रणनीतिक रूपमा अहम माल्दिभ्समा आफ्नो पकड बलियो बनाउने अभियानमा छन् । मुइज्जुको पार्टीको जितपछि अब माल्दिभ्समा आगामी ५ वर्षका लागि चीन समर्थित सरकार रहनेछ ।

मोहम्मद मुइज्जुको दलले अघिल्लो चुनावमा केवल ८ सिट जितेको थियो । त्यसकै कारण राष्ट्रपति मुइज्जुले न त देशमा आफ्नो नीति लागु गर्न सकेका थिए न नै कानुन पास गर्न पाएका थिए । अब दुईतिहाइ मिलेसँगै मुइज्जुको बाटोमा विपक्षीको तगारो पनि हटेको छ ।

चुनावमा भारत समर्थक मानिने माल्दिभ्स डेमोक्रेटिक पार्टी (एमडीपी) ले नराम्रो हार भोगेको छ । एमडीपीले ८९ उम्मेदवार उठाएको थियो । यिनमा एक दर्जनले मात्रै जित निकालेका छन् । मुइज्जु सरकारका एक अधिकारीले यो चुनावमा भूराजनीति अहम् मुद्दा बनेको बताएका थिए ।

अधिकारीका अनुसार मुइज्जु भारतीय सैनिकलाई देशबाट निकाल्ने एजेन्डासहित राष्ट्रपति बनेका थिए । यसमा अहिले पनि उनी आफ्नो अडानमा यथावत छन् ।

तर भारतीय सैनिकलाई हटाउने विषयमा उनलाई संसद्को सहयोग मिलेको थिएन । मुइज्जुले राष्ट्रपति चुनावमा जस्तै संसदीय चुनावमा पनि भारतीय सैनिकलाई माल्दिभ्सबाट निकाल्ने मुद्दालाई प्रमुख बनाएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  २ : २६ बजे

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज