अर्थमा मरासिनीको स्वागत र पुस्करको बिदाइ एकैसाथ « Khabarhub

अर्थमा मरासिनीको स्वागत र पुस्करको बिदाइ एकैसाथ


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिृकतमाथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाइमा सहभागी थिए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

मरासिनी यसअघि पनि अर्थसचिव थिए । कार्यक्रममा मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

यस्तै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । असलनियतका साथ गरिएका काम र निर्णयमा समस्या परे कर्मचारीको संरक्षण राजनीतिक नेतृत्वले गर्ने उनको प्रतिबद्धता थियो ।

‘राजनीतिज्ञ, प्रशासक वा सार्वजनिक जीवनमा भएका मानिसहरुमाथि आरोप वा टिकाटिप्पणी हुन सक्छन्’, मन्त्री पुनले भने, ‘असल नियतका साथ गरिएको काममा समस्या आइपरे राजनीतिक नेतृत्वको तर्फबाट संरक्षण हुने कुराको ग्यारेण्टी गर्छु ।’

उनले निजी क्षेत्रको विश्वास जितेर लगानीको वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै सोहीअनुसार काम गर्न कर्मचारीलाई आग्रह गरे ।

‘निजी क्षेत्रको मनोबल उठाउनुपर्ने छ । बजेटमा हाम्रा नीतिहरु पक्कै पनि त्यसमा केन्द्रित हुनेछन्’, मन्त्री पुनले भने, ‘सिर्जित दायित्वअन्तर्गत खर्च भएका आयोजनाको निकासा दिन र अन्तरमन्त्रालय समन्वयमा ध्यान दिएर खर्च बढाउन सबैलाई आग्रह छ ।’

मन्त्री पुनले टिममा काम गरेर नतिजा दिनुपर्ने समयमा आफूहरू रहेको बताए ।

कार्यक्रममा सचिवद्वय पुस्कर र मरासिनीले सरकारले दिएको नयाँ जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए ।

आफूहरू विगतमा पनि सँगै काम गरेको स्मरण गर्दै उनीहरुले कार्यक्रममा एकअर्काप्रति सौहार्दता प्रकट गरे । सचिव मरासिनीले बजेट निर्माण चलिरहेकाले अर्थमन्त्रीको नीतिअनुसार काम गर्न आफ्नो टिम प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : १३ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक