४ निर्जीवन बीमाको शेयर ६०० भन्दा कममा फालाफाल  « Khabarhub

४ निर्जीवन बीमाको शेयर ६०० भन्दा कममा फालाफाल 


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष २०८१ सालसँगै नेपाल स्टक एक्चेञ्ज (नेप्से) आइतबारबाहेक निरन्तर घट्दो क्रममा छ । नयाँ वर्षमा मात्रै नेप्से ५६.२८ अंकले घट्यो । प्रायः सबै समूहको शेयर मूल्यमा गिरावट आउँदा निर्जीवन बीमा कम्पनीहरूको शेयर पनि  घटबढकै अवस्थामा छ ।

नेपाल बीमा प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनीहरू दर्ता भएर बीमा व्यवसाय गरिरहेका छन् । तर नेप्सेमा भने १२ वटा कम्पनी मात्रै सूचीकृत छन् । जसमध्ये पछिल्लो समयमा ४ वटा निर्जीवन बीमा कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता ६०० रुपैयाँमा फालाफाल बिक्री भइरहेको छ ।

सानिमाको शेयर प्रतिकित्ता ५१३ रुपैयाँ 

अहिले शेयर बजारमा सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको शेयर प्रतिकित्ता ५१३ रुपैयाँमै किन्न पाइन्छ । सानिमाको शेयर सोमबार प्रतिकित्ता ७ रुपैयाँले घटेर ५१३ रुपैयाँमा किनबेच भएको छ । सानिमाको शेयर एक वर्षको अवधिमा बढीमा प्रतिकित्ता ७१० रुपैयाँ ९० पैसासम्म खरिद बिक्री भएको थियो भने सबैभन्दा कम ४१२ रुपैयाँ २० पैसामा झरेको थियो ।

सानिमाको २ करोड कित्ता शेयरमध्ये ४९ प्रतिशत सर्वसाधारणको र ५१ प्रतिशत प्रवर्द्धकको नाममा छ । सोमबारसम्म सानिमा निर्जीवन बीमाको मार्केट क्यापिटल १० अर्ब २६ करोड रुपैयाँ छ ।

आइजिआई प्रूडेन्सियल सोमबार ५ रुपैयाँले घट्यो 

आइजिआई प्रूडेन्सिलय इन्स्योरेन्स लिमिटेको शेयर आज सोमबार मात्रै प्रतिकित्ता ५ रुपैयाँले घटेको छ । सोमबार आइजिआईको प्रतिशेयर मूल्य ५२० रुपैयाँ कायम भएको छ । सोमबार आईजिआईको शेयर प्रतिकित्ता सबैभन्दा बढी ५२८ रुपैयाँ र सबैभन्दा कम ५१८ रुपैयाँमा किनबेच भयो ।

एक वर्षको अवधिमा आइजिआईको प्रतिशेयर मूल्य ६१५ रुपैयाँ र सबैभन्दा कम ३६६ रुपैयाँमा पनि किनबेच भएको थियो । ३ करोड २ लाख ९३ हजार ३४७ कित्ता शेयर रहेको आइजिआईमा ४९ प्रतिशत सर्वसाधारण र ५१ प्रतिशत प्रवर्द्धकको शेयर छ । आइजिआईको मार्केट क्यापिटल १५ अर्ब ७५ करोड २५ लाख ४० हजार रुपैयाँ बराबर छ ।

युनाइटेड अजोडको मार्केट क्यापिटल ११ अर्ब मात्रै 

२ करोड १० लाख कित्ता शेयर भएको युनाइटेड अजोड इन्स्योरेन्सको मार्केट क्यापिटल ११ अर्ब २ करोड २९ लाख रुपैयाँ मात्र रहेको छ । कम्पनीको शेयर मूल्यमा गिरावट आएपछि मार्केट क्यापिटल पनि घटेको हो ।

युनाइटेडको शेयर एक वर्षमा सबैभन्दा बढी ६९६ रुपैयाँ प्रतिकित्ता र सबैभन्दा कम ४१६ रुपैयाँमा खरिद बिक्री भएको थियो । सोमबार युनाइटेडको शेयर पनि ३ रुपैयाँ १० पैसाले घटेर ५२४ रुपैयाँ ९० पैसा कायम भएको छ ।

सोमबार सबैभन्दा बढी ५३५ रुपैयाँ र सबैभन्दा कम ५२२ रुपैयाँ १० पैसामा कम्पनीको शेयर कारोबार भएको थियो । युनाइटेडको शेयर ४९ प्रतिशत सर्वसाधारणको छ भने ५१ प्रतिशत प्रवर्द्धकको छ ।

हिमालयन एभरेष्टको शेयर मूल्य बढ्यो 

सोमबार नेप्से परिसूचक १५ अंकले घट्दा पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर भने बढेको छ । सोमबार २ रुपैयाँ ५० पैसाले हिमालयनको शेयर बढेर ५८१ रुपैयाँ ८० पैसा कायम भएको छ । सोमबार कम्पनीको सबैभन्दा बढी प्रतिकित्ता ५८३ रुपैयाँ ७० पैसामा र सबैभन्दा कम ५७० रुपैयाँमा कारोबार भयो ।

हिमालयनको शेयर एक वर्षको अवधिमा प्रतिकित्ता सबैभन्दा बढी ७०५ रुपैयाँ र सबैभन्दा कम ४१९ रुपैयाँसम्म पुगेको थियो । नेप्सेमा कम्पनीको २ करोड ५० लाख १ हजार ५७४ कित्ता शेयर सूचीकृत रहेको छ ।

जसमा ४९ प्रतिशत सर्वसाधारणको छ भने ५१ प्रतिशत प्रवर्द्धकको छ । हिमालयनको मार्केट क्यापिटल १४ अर्ब ५४ करोड ५९ लाख १५ हजार रुपैयाँ बराबरको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ७ : ०९ बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक