४ निर्जीवन बीमाको शेयर ६०० भन्दा कममा फालाफाल  | Khabarhub Khabarhub

४ निर्जीवन बीमाको शेयर ६०० भन्दा कममा फालाफाल 


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष २०८१ सालसँगै नेपाल स्टक एक्चेञ्ज (नेप्से) आइतबारबाहेक निरन्तर घट्दो क्रममा छ । नयाँ वर्षमा मात्रै नेप्से ५६.२८ अंकले घट्यो । प्रायः सबै समूहको शेयर मूल्यमा गिरावट आउँदा निर्जीवन बीमा कम्पनीहरूको शेयर पनि  घटबढकै अवस्थामा छ ।

नेपाल बीमा प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनीहरू दर्ता भएर बीमा व्यवसाय गरिरहेका छन् । तर नेप्सेमा भने १२ वटा कम्पनी मात्रै सूचीकृत छन् । जसमध्ये पछिल्लो समयमा ४ वटा निर्जीवन बीमा कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता ६०० रुपैयाँमा फालाफाल बिक्री भइरहेको छ ।

सानिमाको शेयर प्रतिकित्ता ५१३ रुपैयाँ 

अहिले शेयर बजारमा सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको शेयर प्रतिकित्ता ५१३ रुपैयाँमै किन्न पाइन्छ । सानिमाको शेयर सोमबार प्रतिकित्ता ७ रुपैयाँले घटेर ५१३ रुपैयाँमा किनबेच भएको छ । सानिमाको शेयर एक वर्षको अवधिमा बढीमा प्रतिकित्ता ७१० रुपैयाँ ९० पैसासम्म खरिद बिक्री भएको थियो भने सबैभन्दा कम ४१२ रुपैयाँ २० पैसामा झरेको थियो ।

सानिमाको २ करोड कित्ता शेयरमध्ये ४९ प्रतिशत सर्वसाधारणको र ५१ प्रतिशत प्रवर्द्धकको नाममा छ । सोमबारसम्म सानिमा निर्जीवन बीमाको मार्केट क्यापिटल १० अर्ब २६ करोड रुपैयाँ छ ।

आइजिआई प्रूडेन्सियल सोमबार ५ रुपैयाँले घट्यो 

आइजिआई प्रूडेन्सिलय इन्स्योरेन्स लिमिटेको शेयर आज सोमबार मात्रै प्रतिकित्ता ५ रुपैयाँले घटेको छ । सोमबार आइजिआईको प्रतिशेयर मूल्य ५२० रुपैयाँ कायम भएको छ । सोमबार आईजिआईको शेयर प्रतिकित्ता सबैभन्दा बढी ५२८ रुपैयाँ र सबैभन्दा कम ५१८ रुपैयाँमा किनबेच भयो ।

एक वर्षको अवधिमा आइजिआईको प्रतिशेयर मूल्य ६१५ रुपैयाँ र सबैभन्दा कम ३६६ रुपैयाँमा पनि किनबेच भएको थियो । ३ करोड २ लाख ९३ हजार ३४७ कित्ता शेयर रहेको आइजिआईमा ४९ प्रतिशत सर्वसाधारण र ५१ प्रतिशत प्रवर्द्धकको शेयर छ । आइजिआईको मार्केट क्यापिटल १५ अर्ब ७५ करोड २५ लाख ४० हजार रुपैयाँ बराबर छ ।

युनाइटेड अजोडको मार्केट क्यापिटल ११ अर्ब मात्रै 

२ करोड १० लाख कित्ता शेयर भएको युनाइटेड अजोड इन्स्योरेन्सको मार्केट क्यापिटल ११ अर्ब २ करोड २९ लाख रुपैयाँ मात्र रहेको छ । कम्पनीको शेयर मूल्यमा गिरावट आएपछि मार्केट क्यापिटल पनि घटेको हो ।

युनाइटेडको शेयर एक वर्षमा सबैभन्दा बढी ६९६ रुपैयाँ प्रतिकित्ता र सबैभन्दा कम ४१६ रुपैयाँमा खरिद बिक्री भएको थियो । सोमबार युनाइटेडको शेयर पनि ३ रुपैयाँ १० पैसाले घटेर ५२४ रुपैयाँ ९० पैसा कायम भएको छ ।

सोमबार सबैभन्दा बढी ५३५ रुपैयाँ र सबैभन्दा कम ५२२ रुपैयाँ १० पैसामा कम्पनीको शेयर कारोबार भएको थियो । युनाइटेडको शेयर ४९ प्रतिशत सर्वसाधारणको छ भने ५१ प्रतिशत प्रवर्द्धकको छ ।

हिमालयन एभरेष्टको शेयर मूल्य बढ्यो 

सोमबार नेप्से परिसूचक १५ अंकले घट्दा पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर भने बढेको छ । सोमबार २ रुपैयाँ ५० पैसाले हिमालयनको शेयर बढेर ५८१ रुपैयाँ ८० पैसा कायम भएको छ । सोमबार कम्पनीको सबैभन्दा बढी प्रतिकित्ता ५८३ रुपैयाँ ७० पैसामा र सबैभन्दा कम ५७० रुपैयाँमा कारोबार भयो ।

हिमालयनको शेयर एक वर्षको अवधिमा प्रतिकित्ता सबैभन्दा बढी ७०५ रुपैयाँ र सबैभन्दा कम ४१९ रुपैयाँसम्म पुगेको थियो । नेप्सेमा कम्पनीको २ करोड ५० लाख १ हजार ५७४ कित्ता शेयर सूचीकृत रहेको छ ।

जसमा ४९ प्रतिशत सर्वसाधारणको छ भने ५१ प्रतिशत प्रवर्द्धकको छ । हिमालयनको मार्केट क्यापिटल १४ अर्ब ५४ करोड ५९ लाख १५ हजार रुपैयाँ बराबरको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ७ : ०९ बजे

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा