सत्ता र सरकारमा बस्नेको गलत व्यवहारले देश संकटमा पुग्यो : चित्रबहादुर केसी « Khabarhub

सत्ता र सरकारमा बस्नेको गलत व्यवहारले देश संकटमा पुग्यो : चित्रबहादुर केसी

'सहकारी ठग, भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाबाट देश कंगाल भैसक्याे'


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरूको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको बताएका छन्।

नेकपाको ७६ औं स्थापना दिवसको अवसरका नेकपा मसाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भैसकेको बताए ।

सत्तामा गएकाहरू साम्राज्यवादीको एजेन्डा बोकेर देशलाई लुटेको आरोप लगाउँदै संसदमा साम्राज्यवादी पसेको उनले बताए । उनले भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउँदै अमेरिकाले संसदमा पार्टी खोलिसकेको दाबी गरे ।

आधारभूत रूपमा कम्युनिष्टको सिद्धान्त र आचरणमा रहेकाहरूसँग एकताका लागि सधैँ एकताको ढोका खुल्ला रहेको अध्यक्ष केसीको भनाइ छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ६ : ५२ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला