भारतमा लोकसभाको पहिलो नतिजा : कांग्रेसको उम्मेदवारी खारेजपछि भाजपा उम्मेदवार निर्विरोध « Khabarhub

भारतमा लोकसभाको पहिलो नतिजा : कांग्रेसको उम्मेदवारी खारेजपछि भाजपा उम्मेदवार निर्विरोध


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

 

भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीले खाता खोलेको छ ।

गुजरातको सुरत लोकसभा सीटबाट सोमबार भाजपाका उम्मेदवार मुकेश दलाल निर्विरोध विजयी भएका हुन् ।

समाचार अनुसार यहाँ कांग्रेस उम्मेदवार निलेश कुम्भाणीको उम्मेदवारी रद्द गरिएको थियो । उनको उम्मेदवारीमा साक्षीको नाम र हस्ताक्षरमा गडबडी रहेको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेसको उम्मेदवारी रद्द भएपछि अन्य सबै निर्दलीय उम्मेदवारले पनि आफ्नो नाम फिर्ता लिएका थिए । त्यसपछि भाजपा उम्मेदवारलाई निर्विरोध विजयी घोषित गरिएको छ ।

बीबीसीका अनुसार सुरतका कलेक्टर र निर्वाचन अधिकृतले भाजपा प्रत्यासी मुकेश दलाललाई निर्विरोध विजेता घोषित गरेका हुन् ।

गुजरात भाजपा प्रमुख सीआर पाटिलले सामाजिक सञ्जालमा मुकेश दलाललाई निर्विरोध निर्वाचित भएकोमा बधाई दिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ७ : १० बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट