आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार सन् २०२४ मे २२ तारिख। वैशाख शुल्क पक्षको चतुर्थी तिथि। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। मिठो खान पाइने छ। दिउँसो नसुत्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। स्वदेशमा गरेको लगानीबाट लाभ हुने दिन छ। परिवारको प्रेम सुमधुर बन्नेछ।

वृष : बोलीको प्रभाव पर्नेछ। सामाजिक सेवा र परोपकारमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ लिएर गरेको व्यापारबाट फाइदा हुनेछ।

मिथुन : साथीसँग भेट हुनेछ। शिक्षा क्षेत्रमा फाइदा हुने दिन छ। लामो समयदेखि समस्या भइरहेको स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्ध भए दरिलो बन्नेछ।

कर्कट : दैनिकी संघर्षपूर्ण देखिन्छ। पुरानो कुरा निकालेर बदला लिने साथी सक्रिय देखिन्छन्। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा भने ठगबाट सचेत हुनुपर्नेछ।

सिंह : समय राम्रो छ। सहयोगी हात धेरै छन्। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। शिक्षामा लाभ हुनेछ। गुरुले साथ दिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। घरजग्गाको कारोबारबाट उन्नति हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

तुला : दैनिकी राम्रो छ। श्रमको मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक क्षेत्रमा लगानी भए व्यापार फस्टाउने देखिन्छ। वैदेशिक क्षेत्रबाट फइदा हुने देखिन्छ।

वृश्चिक : समय राम्रो छ। शुभयोग रहेकाले कर्म क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको चर्चा हुँदा मन शान्त हुनेछ।

धनु : समय सहज छ। तपाईंले श्रम गरेको क्षेत्रमा सफलता हात लाग्नेछ। लगानी भए शिक्षा र स्वास्थ्यमा तपाईंको उन्नति हुनेछ। परिवारमा भने खटपटी हुने जोखिम देखिन्छ। कसैलाई पूर्ण विश्वास नगर्नु राम्रो हुन्छ।

मकर : संघर्षबाट सफलता मिल्ने देखिन्छ। परीक्षाको नतिजा राम्रो देखिने छ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक लगानी गरेको भए उन्नति हुनेछ। परिवारको साथ शिक्षा क्षेत्रमा प्राप्त हुनेछ।

कुम्भ : शनिदेवको छाया योग छ। शनिदेव प्रतिकुल भए झुटा आरोप लाग्ने र परिवारमाथि झुटा आरोप लाग्ने जोखिम हुन्छ। जन्म कुण्डली हेरेर मात्र काम गर्ने क्षेत्रको छनोट गर्नु आवश्यक हुन्छ।

मीन : दैनिकी सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। तपाईंले गरेको कामको जस अरुले लिने योग छ। बिहान जल वा अन्न दान गर्नु उत्तम हुन्छ। दानबाट दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ५ : ०४ बजे

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

एजेन्सी– जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

कैलाली– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय

सीजी ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’ अन्तर्गत नयाँ फ्यान सार्वजनिक

काठमाडौं– गर्मीलाई मध्यनजर गर्दै सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा

इयुको ‘मेड इन युरोप’ योजनामाथि चीनको कडा आपत्ति

बेइजिङ– युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले

तरकारीले पाएन मूल्य, कृषक भन्छन्- मजदुरलाई दिने पैसा पनि उठेन

चितवन– जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान