आईपिएलको एलिमिनेटरमा आज आरसिबी र राजस्थानको भिडन्त « Khabarhub

आईपिएलको एलिमिनेटरमा आज आरसिबी र राजस्थानको भिडन्त


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी) र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्।

आरसिबी लगातार ६ खेलमा जित निकाल्दै एलिमिनेटरमा प्रतिस्पर्धा गर्न पुगेको हो। यता राजस्थान भने सुरुवातामा राम्रो प्रदर्शन गरेर पछिल्लो पाँच खेलमा एउटा पनि जित निकाल्न नसके पनि तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्न पुगेको हो।

आरसिबी फममा रहेको र राजस्थानको कमजोर प्रदर्शनमाथि फाइदा उठाउने धेरै क्रिकेट पण्डितको मत छ। आरसिबीका ओपनर विराट कोहली राजस्थानका लागि घातक हुनसक्छन्। यो सिजनमा सबैभन्दा बढी रन बनाएका कोहलीकै प्रदर्शनका कारण आरसिबी प्लेअफमा पुगेको हो। उनले ५९ वटा चौका र ३७ वटा छक्कासहित सर्वाधिक ७०८ रन बनाएका छन्।

राजस्थानका ओपनर यशस्वी जैसवालले पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा राजस्थान कमजोर देखिएको छ।

आजको खेलमा पराजित टिमको आईपिएल यात्रा सामाप्त हुनेछ भने विजयी टिमले पहिलो क्वालिफायरमा पराजित सनराइजर्स हैदरावादसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित हुँदै हैदरवाद तेस्रो क्वालिफायरमा पुगेको छ। कोलकाता सिधै फाइनल पुगिसकेको छ। दोस्रो क्वालिफायरको विजेताले कोलकातासँग फाइनल खेल्नेछ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ९ : ०० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको