अपराध अदालतको घोषणाले ल्याएको तरंग | Khabarhub Khabarhub

अपराध अदालतको घोषणाले ल्याएको तरंग

अदालतको घोषणामा इजरायल र हमासकै असन्तुष्टि


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

युद्ध अपराध र मानवता विरोधी अपराधका कारण जेल जान सक्ने कुरा उठ्ने बित्तिकै बेन्जामिन नेतान्याहुले धारणा सार्वजनिक गरेका छन्। हमासले वर्षौँदेखि नरसंहार गर्दै आएको तथा यहुदीमाथि अत्यन्त बढी ज्यादती भएकाले अहिलेको कदम आवश्यक भएको प्रतिक्रिया दिएका हुन्। उनले अन्तर्राष्ट्रिय अपराध अदालतका प्रमुख अभियोजक करिम खान ‘एन्टी सेमटीज’ भएको समेत आरोप लगाए।

खान नाजी जर्मनीको न्यायाधीश जस्तै भएको समेत उनले प्रतिक्रिया दिएका छन्। नेतान्याहुकै दाबी अनुसार खान यहुदीको ओरालो गति मात्र मन पराउँछन्।

उनले अङ्ग्रेजी भाषामा बोलेको कुरा कार्यालयबाट सार्वजनिक भएका हुन्। यी सबै कुरा उनको बारेमा चासो राख्नेहरू कहाँ जाओस् भन्ने चाहन्थे। त्यो पनि मूल रूपमा अमेरिकामा। आफू र प्रधानमन्त्री नेतान्याहुलाई गिरफ्तार गर्ने पक्राउ पुर्जी जारी गर्ने समाचार आएपछि इजरायली रक्षा मन्त्री योभ गलान्टले युद्धलाई हेर्ने क्रममा यो अत्यन्त अपमानजनक व्यवहार भएको प्रतिक्रिया दिएका छन्।

‘अन्तर्राष्ट्रिय अपराध अदालतका अभियोजक करिम खानको यो विरोधाभास पूर्ण कामले कहिले पनि सफलता पाउँदैन,’ उनले ट्विट गरेका छन्। उनले आतङ्कवादी समूह हमास र एउटा राज्य इजरायलको नेतृत्वलाई एउटै स्थानमा राखेर हेर्नु अत्यन्त दुःखद र अपमानजनक भएको टिप्पणी गरेका हुन्। नेतान्याहुले थप घोषणा पनि गरे। उनले इजरायल अदालतको कुनै अङ्क नभएको तथा मान्न जरुरी नभएको कुरामा जोड दिए।

‘अन्तर्राष्ट्रिय अपराध अदालतका अभियोजक करिम खानको यो विरोधाभास पूर्ण कामले कहिले पनि सफलता पाउँदैन,’ नेतान्याहुले ट्विट गरेका छन्।

बेलायती राजाका सल्लाहकार समेत रहेका आइसिसीका प्रमुख अभियोजक खानले लिखित रूपमा कानुनी भाषामा विज्ञप्ति जारी गरेपछि यसले इजरायली सत्तालाई क्षुब्ध बनाएको हो। लाइनका लाइन त्यो विज्ञप्तिमा तीन शीर्ष हमास नेता तथा इजरायली प्रधानमन्त्री र रक्षा मन्त्रीलाई विनाशकारी भएको सिरिज नै प्रस्तुत गरेका थिए।

खानको विज्ञप्तीको मुख्य अंश अन्तर्राष्ट्रिय कानुन र युद्ध सम्बन्धी कानुनको पालना गर्नु अनिवार्य हो। यसमा व्यक्ति को भन्ने कुराले खासै अर्थ राख्दैन। उनले आफूले गिरफ्तार गर्न वारेन्ट जारी गर्नुको मूल आधारको बचाउ गर्दै यी सबै कुरा उल्लेख गरेका छन्।

‘न सामान्य तहका नेता, न सेनाका कमान्डर, न सर्वसाधारण, कसैले पनि यस किसिमको मानवता विरोधी काम गर्न पाउँदैन,’ सो विज्ञप्तिमा उल्लेख गरिएको छ।

कानुनले तर्जुमा गरेको कुरा मानिस छानेर लागु गर्ने काम कहिले पनि गर्नु हुँदैन। यसले यसले धेरै विषयमा समस्या उत्पन्न गराउँछ।

विस्तारै त्यसले संस्था र संरचनालाई नै क्षत विक्षत गराउने काम समेत गर्ने उनको ठहर छ। दुवै पक्षले गरेको कर्मका कारण इजरायल मात्र होइन संसारमा नै आक्रोश पैदा गरीरहेको समयमा यो विज्ञप्ति आएको हो। अमेरिकी राष्ट्रपति जो वाइडेनले यसरी वारेन्टको कुरा गर्नुलाई अपमानजनक भएको बताएका छन्।

खानको विज्ञप्तीको मुख्य अंश अन्तर्राष्ट्रिय कानुन र युद्ध सम्बन्धी कानुनको पालना गर्नु अनिवार्य हो। यसमा व्यक्ति को भन्ने कुराले खासै अर्थ राख्दैन। उनले आफूले गिरफ्तार गर्न वारेन्ट जारी गर्नुको मूल आधारको बचाउ गर्दै यी सबै कुरा उल्लेख गरेका छन्।

उनले हमास नेता र इजरायली नेतृत्वको विरुद्धमा आवश्यक पर्ने प्रमाण बिना नै यो विज्ञप्ति जारी गरिएको दाबी गरेका छन्। मासले आफ्ना नेताहरूको विरुद्धमा जारी गरिएको यो वारेन्ट खारेजीको माग गरेका छन्। उनीहरुले पीडितलाई अझ बढी पीडा दिने काम वारेन्टले गरेको प्रतिक्रिया दिएका छन्।

मासले इजरायली नेताको विरुद्धमा पक्राउ पुर्जी सात महिनापछि आएको जनाएको छ। यो सात महिनाको बिचमा इजरायलले धेरै मानवता विरोधी अपराध गरेको आरोप समेत हमासको छ।

खानले यी दुई पक्षको बिचमा कुनै तुलना गरेका छैनन्। लगातार युद्ध अपराध र मानवता विरोधी कामको शृङ्खला नै गरेको आरोप लगाएका छन्। उनले पछिल्लो युद्ध अपराध इजरायल र प्यालेस्टाइनी बिचको सैन्य भिडन्तको रूपमा तथा इजरायल र हमास बिचको गैर सैन्य भिडन्तको रूपमा देखिएको बताएका छन्।

राष्ट्र सङ्घमा अब्जरभर रहेको प्यालेस्टाइनललाई अदालतले राज्यको रूपमा ग्रहण गरेको छ। यसको मतलब आइसिसीको स्थापना गर्ने ‘रोम स्ट्याच्यु’ मा उसको पनि हस्ताक्षर छ। नेतान्याहुले भने उनको नजरमा प्यालेस्टाइन कहिले पनि राज्य हुन नसक्ने अडान बारम्बार राख्दै आएका छन्।

इजरायलका राष्ट्रपति इसाक हेरगोजले अतिवादी आतङ्ककारी र निर्वाचित सरकारलाई एउटै स्थानमा राखेर हेरिनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन्।

मानव अधिकारवादीले आइसिसीले दुवै पक्षले कानुनको कार्यान्वयन गर्न चाहेको कुरा उल्लेख गरेका छन्।

इजरायलका राष्ट्रपति इसाक हेरगोजले अतिवादी आतङ्ककारी र निर्वाचित सरकारलाई एउटै स्थानमा राखेर हेरिनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन्।

इजरायलको नेतृत्वदायी मानवअधिकारवादी सङ्गठन बी टी सेलमले यो घटनाले इजरायल नैतिक सवालमा धेरे कमजोर भइसकेको प्रस्ट भएको जनाएको छ।

पारदर्शी नभइकनै इजरायलले गर्ने हिंसा, हत्या र विध्वंसको नीतिलाई अन्तर्राष्ट्रिय क्षेत्रले स्वीकार नगर्ने कुरा प्रस्ट सङ्केत मिली सकेको समेत बीटी सेलमले जनाएको छ। अन्तर्राष्ट्रिय मानव अधिकार सङ्गठनले इजरायल धेरै कुरामा सच्चिनु पर्नेमा जोड दिएका छन्।

खानले विनाश, हत्या हिंसा, बलात्कार र यातनाको लामो सूची नै भएकाले हमासका तीन नेताको विरुद्धमा पक्राउ पुर्जी जारी गरिएको हो। यसरी आइसिसीले पक्राउ पुर्जी जारी गरेको हमासका तीन जनामा गाजामा रहेका हमास नेता याहा सिनवार, यसको सैन्य क्षेत्र कसम ब्रिजको कमान्डर मोहम्मद डेइफ र हमासको राजनीतिक ब्युरो प्रमुख इस्माइल हानीये छन्। अनुसन्धानको क्रममा खान र उनको टोलीले ७ अक्टोबरको घटनाका पीडित र सर्भाइभरसँग अन्तरक्रिया गरेको थियो।

खानले मासले न्यूनतम मूल्य र मान्यताको समेत व्याख्या नगरेको तथा पारिवारिक सम्बन्धको समेत मतलब नगरेको आरोप लगाएका छन्। इजरायलले भने खानसँग निर्णयको बचाउ गर्ने अधिकार भए पनि इजरायलले अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप जाने कुनै काम नगरेको दावीमा अडिग रहेको जनाएको छ।

बेलायती प्रधानमन्त्री ऋषि सौनुकले भने आफूहरूले पक्राउ पुर्जी पाएमा इजरायलका नेता आफ्नो देशमा आउँदा गिरफ्तार गर्न जरुरी हुने बताएका छन्। आइसिसीको यो पुर्जी कहाँसम्म लैजाने हो र इजरायली नेताको विदेश भ्रमण कस्तो रहने भन्ने विषय अहिलेको प्रमुख विषय हो।

नेतान्याहु र गालान्ट लगातारको नागरिकको हत्या, आक्रमण र नियतबस यातनाका लागि दोषी भएको खानले आफ्नो दाबीलाई अझ बलियोसँग राखेका छन्।

७ अक्टोबरका दिन हमासले आक्रमण गरेको प्रतिक्रिया स्वरूप इजरायलले सुरु गरेको हवाई आक्रमणको क्रममा धेरै सर्वसाधारणले दुख पाएको तथा धेरैको ज्यान समेत गएको विषय त्यसै समयदेखि उठेको थियो। इजरायलको साथमा रहेका शक्तिसमेत यसमा खुसी नभए पनि प्रस्टसँग आफ्नो कुरा राख्न सकिरहेका थिएनन्।

आइसिसीको ‘रोम स्टेच्यु’ मा १२४ देशको हस्ताक्षर छ। रुस, चीन, अमेरिका र इजरायलको यसमा हस्ताक्षर छैन। आइसिसीको यो पुर्जीपछि अबको घटना कता जाने भन्ने त अझ अनिश्चित नै छ। पक्राउ पुर्जीबारे विज्ञप्ति जारी गरे पनि यो सबै तिर पुगेको छैन।

बेलायती प्रधानमन्त्री ऋषि सौनुकले भने आफूहरूले पक्राउ पुर्जी पाएमा इजरायलका नेता आफ्नो देशमा आउँदा गिरफ्तार गर्न जरुरी हुने बताएका छन्। आइसिसीको यो पुर्जी कहाँसम्म लैजाने हो र इजरायली नेताको विदेश भ्रमण कस्तो रहने भन्ने विषय अहिलेको प्रमुख विषय हो।
स्रोत : बिबिसी

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ९ : ४५ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि