सिरोहिया पक्राउविरुद्ध जनकपुर उद्योग वाणिज्य संघ आन्दोलनको तयारीमा « Khabarhub

सिरोहिया पक्राउविरुद्ध जनकपुर उद्योग वाणिज्य संघ आन्दोलनको तयारीमा


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुर उद्योग वाणिज्य संघ आन्दालोनमा उत्रने तयारीमा रहेको छ ।

आन्दोलनको तयारीका लागि संघको कार्यालयमा सर्वपक्षीय बैठक बसिरहेको छ । बैठकमा सिरोहिया पक्राउको विरोधमा के कस्ता आन्दोलनका कार्यक्रम गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा बसिरहेको बैठकमा वाणिज्य संघका पूर्व अध्यक्ष, वर्तमान कार्यसमिति पदाधिकारी, पूर्वमेयर, व्यापारी, पत्रकारलगायतको उपस्थिति छ ।

बैठकपछि उद्योग वाणिज्य संघको अगुवाइमा कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनसहित जिल्ला प्रहरी कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।

अध्यक्ष सिरोहियालाई नागरिकता सम्बन्धी कसुरमा मंगलबार प्रहरीले कान्तिपुर पब्लिकेशनस्थित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

 

 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १० : ११ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह