अदालतभित्र सिरोहियाको बयान, बाहिर धकेलाधकेल « Khabarhub

अदालतभित्र सिरोहियाको बयान, बाहिर धकेलाधकेल


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको धनुषा जिल्ला अदालतमा बयान भइरहँदा बाहिर भने प्रदर्शन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियालाई प्रहरीले बयान र समय थपका लागि केहीबेर अघि धनुषा अदालतमा पेस गरेको छ ।

जनकपुर वाणिज्य संघको नेतृत्वमा भएको प्रदर्शनमा प्रदर्शनकारीले सिरोहियाको रिहाइको माग गर्दै ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी सिरोहियालाई रिहा गर’ जस्ता नारा लगाएका छन् ।

प्रदर्शनमा उद्योगी, व्यवसायी, नेपाल तरुण दल, नेविसंघलगायत सहभागी छन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।

अदालत बाहिर प्रदर्शन भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १२ : ०४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर