भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतबाट करुणालाई प्रतिभा पुरस्कार, भोजपुरेलाई सम्मान | Khabarhub Khabarhub

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतबाट करुणालाई प्रतिभा पुरस्कार, भोजपुरेलाई सम्मान


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुनसरी – भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले धरानमा दुई भोजपुरे श्रष्टालाई सम्मान गरेको छ ।

प्रतिष्ठानले अग्रज स्रष्टा हिरण्य भोजपुरेलाई नगद १५ हजार रुपैयाँसहित भोजपुर प्रतिभा सम्मान र कवि करुणा राईलाई नगद ३५ हजार रुपैयाँसहित भोजपुर प्रतिभा पुरस्कार प्रदान गरेको हो ।

भोजुरको देउरालीमा जन्मेका हिरण्य भोजपुरे गायक तथा बहुविद्याका क्रियाशील साहित्यकार, गीतकार, उपन्यासकार र बालसाहित्यकारका रूपमा परिचित हुन् । नेपाली साहित्यमा दिएको दिएको योगदानको कदर गर्दै सम्मान गरेको प्रतिष्ठानका महासचिव नरेश काङमाङले बताए ।

यसैगरी पुरस्कृत अर्की स्रष्टा करुणा राई भोजुरकै अरूण गाउँपालिका याकुमा जन्मेकी हुन् । कवि तथा गजलकार राईको ‘मन फुलेको बेला’ (२०६६) गजल संग्रह र पछिल्लो कृतिको रूपमा रैथाने विम्ब प्रयोग गरिएको ‘रसिया राग’ कविता संग्रह प्रकाशित छ ।

भोजपुरे भने हाल अमेरिका बस्दै आएकाले समारोहमा अनुपस्थित थिए । पुरस्कृत प्रतिभाहरूलाई अग्रज कवि कुन्ता शर्मा, प्रतिष्ठानका महासचिव काङमाङ, आख्यानकार प्राध्यापक शरणकुमार राई र शशी लुमुम्बुले ताम्रपत्र हस्तान्तरण गरेका थिए ।

बेलायतमा बसोबास गर्ने भोजपुरे साहित्यकारहरुको सकृयतामा २०६५ सालमा स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले यसअघि शैलेन्द्र साकार, मन्जुल, गणेश रसिक, परशु प्रधान, पूर्णप्रकाश नेपाल ‘यात्री’, कृष्ण जोशी, ज्ञानमणी नेपाललाई भोजपुर प्रतिभा सम्मान गरिसकेको छ ।

यस्तै श्रवण मुकारुङ, मीरा राई, पूर्ण इम्फादा, विमल गिरी र दिनेश वान्तवालगायतलाई प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ ।

सुनसरीका साहित्यकारहरूको जमघट रहेको समारोहको स्थानीय संयोजन कलरव धरानले गरेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १२ : ४१ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ