सिरोहिया प्रकरणमा अमेरिकाले भन्यो : लोकतन्त्र र मौलिक अधिकार सुनिश्चित होस् « Khabarhub

सिरोहिया प्रकरणमा अमेरिकाले भन्यो : लोकतन्त्र र मौलिक अधिकार सुनिश्चित होस्


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा अमेरिकाले मुख खोलेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार एक प्रेस नोट जारी गर्दै नागरिकता प्रकणमा सिरोहिया पक्राउ परेपछि आफ्नो धारणा सार्वजनिक गरेको हो ।

दूतावासले घुमाउरो भाषा प्रयोग गर्दै नेपाली जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार नेपाली जनताले पनि सार्थक संवाद गर्ने विश्वासको लिएको जनाएको छ ।

अमेरिकाले आफ्ना लागि प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तका रुपमा रहेको पनि जनाएको छ ।

‘अझ परिपूर्ण मुलुक’ बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्’, दूतावासले भनेको छ,‘कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’

सिरोहियालाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर राति नै धनुषा लगिसकेको छ ।

उनलाई नागरिताको कसुसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यायले धनुषा अदालतमा उपस्थित गराएको छ । अहिले त्यहाँ उनको बयान चलिरहेको छ । अदालतबाहिर भने उनको पक्षमा नाराबाजी भइरहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १२ : ५२ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन