कैलाश सिरोहियालाई तत्काल रिहा गर्न उपेन्द्र यादवको माग « Khabarhub

कैलाश सिरोहियालाई तत्काल रिहा गर्न उपेन्द्र यादवको माग


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

बुधबार एक विज्ञप्ति निकालेर जसपा नेपालका अध्यक्ष यादवले सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढङ्गबाट पक्राउ गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले लोकतन्त्रका लागि लडेको कान्तिपुरमाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको हमला भनेका छन् ।

‘लोकतन्त्रको पक्षमा लामो समयदेखि सङ्घर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याई छ’, उनले भनेका छन्, ‘नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पकाउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो ।’

यादवले सिरोहिया पक्राउ प्रकरणमा राज्य संयन्त्रको दुरुपयोग गरिएको उल्लेख गरेका छन् । ‘राज्यसंयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी उनलाई तत्काल रिहाई गर्नु पर्छ’, उनले भनेका छन्, ‘आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहऱ्याउन सरकारलाई सचेत गराउँछौँ ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १ : ४६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४