रौतहटमा आइपीभी खोप दुई चरणमा सञ्चालन « Khabarhub

रौतहटमा आइपीभी खोप दुई चरणमा सञ्चालन


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– यही जेठ १३ गते आइतबारदेखि राष्ट्रिय अभियानको रूपमा सञ्चालन हुन गइरहेको ‘आइपीभी खोप कार्यक्रम २०८१’ पूर्ण रूपमा सफल बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटद्वारा बुधबार गौरमा आयोजित ‘आइपीभी खोप अभियान २०८१ जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरू’ बीच एक दिने अभिमुखीकरण गोष्ठीका वक्ताहरूले उक्त विचार राखेका हुन्। गोष्ठीमा आइपीभी खोप अभियान २०८१ दुई चरणमा सञ्चालन गरिने जनाइएको छ।

पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, गढीमाई, चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा यही जेठ १३ देखि १७ गतेदेखि सञ्चालन हुने जिल्ला खोप संयोजक अनिल कर्णले बताएका छन्।

त्यसैगरी, दोस्रो चरणमा राजपुर, इशनाथ, गौर राजदेवी, देवाही गोनाही, कटहरिया, बौधीमाई, माधवनारायण र परोहा नगरपालिकामा २१ देखि २६ गते सम्म सञ्चालन हुने संयोजक कर्णले जानकारी दिएका छन्।

२०७३ वैशाख १ गतेदेखि २०७५ असोज मसान्तभित्र जन्मिएका बालबालिकाहरूलाई आइपीभी खोप लगाउने योजना अनुसार रौतहट जिल्लामा ३७ हजार ८४७ लक्ष्य रहेकोमा ३९ हजार डोज खोप आइसकेको उनले बताए।

देशैभरि एक साथ सुरू हुने यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सञ्चारमाध्यमको अति नै महत्वपूर्ण भूमिका रहेकाले सकारात्मक भई समाचार सम्प्रेषण गरिदिन वक्ताहरूले आग्रह गरेका थिए।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन जनकपुरधामका फिल्ड अफिसर डाक्टर सुरेश शुक्लाले नेपालमा आइपीभी खोप सेवा अभियान २०७१ असोज मसान्तदेखि सुरू गरिएकोमा २०७३ वैशाखदेखि २०७५ असोज मसान्तसम्म उक्त खोपको चरम अभाव भएको बताएका थिए।

उनले अभावलाई पूर्ति गर्न यो कार्यक्रमलाई देशैभरि खोप अभियानको रूपमा सञ्चालन गरिएको बताएका थिए। सो अवधिमा आइपीभी खोप लगाउन छुटेका बालबालिकाहरूलाई पोलियो लाग्ने जोखिम रहको हुँदा ती बालबालिकाहरूलाई अनिवार्य रूपमा यो खोप दिन जरुरी रहेको डाक्टर शुक्लाले जानकारी दिएका छन्। ८० प्रतिशत पूर्ण, १६ प्रतिशत आंशिक र ४ प्रति लगाउन नसकेको खोपको समग्र अवस्था नेपालमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख विपिन कुमार साहले बताएका छन्।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादव, जिल्ला समन्वय समितिका सभापति एवम् जिल्ला खोप समन्वय समितिका अध्यक्ष रामअयोध्या यादव, नेपाल पत्रकार महासङ्घका सभापति प्रेमचन्द्र झा, रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरे, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभियान कुमार सिंह, युनिसेफका प्रतिनिधि सुरेश गुप्ता लगायत सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहितका वक्ताहरूले यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सबैले आ-आफ्नो स्थानबाट सक्दो योगदान दिन आग्रह गरेका थिए।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  २ : ३० बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक