कांग्रेसद्वारा सडक आन्दोलन घोषणा, शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने « Khabarhub

कांग्रेसद्वारा सडक आन्दोलन घोषणा, शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलनमा जाने निर्णय गरेको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बताइन् ।

संग्रौलाका अनुसार बैठकको निर्णयअनुसार प्रथम चरणमा यही शुक्रबार काठमाडौंको भृकुटीमण्डप बृहत्त प्रदर्शनको तयारी थालिएको छ ।

त्यसपछि मधेश प्रदेशसहित सहकारी ठगीबाट बढी प्रभावित जिल्लामा आन्दोलन थालिने कांग्रेसले जनाएको छ ।

सहकारी प्रकरण प्रभावित सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने रणनीति कांग्रेस बनाएको हो ।

‘जति पनि सहकारी ठगीका घटना छन्, तीबारे छानबिन समिति बन्नै पर्छ’, संग्रौलाले भनिन्, ‘शुक्रबारदेखि काठमाडौंबाट आन्दोलन घोषणा भएको छ । आन्दोलन देशव्यापी जान्छ ।’

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरेर प्रेस स्वतन्त्रता हनन गरिएको निष्कर्ष पनि बैठकले निकालेको बताएकी छन् ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्ने विषयलाई पनि प्रमुख एजेन्डा बनाएर अहिले छलफल गरिरहेको छ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  २ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार