‘पुजार सार्की’ को ‘सर्भे शो’ सम्पन्न  « Khabarhub

‘पुजार सार्की’ को ‘सर्भे शो’ सम्पन्न 


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबारबाट प्रदर्शनमा आउने मल्टिस्टारर फिल्म ‘पुजार सार्की’ले  सर्भे शो गरेको छ । दर्शकबाट प्रतिक्रिया बुझन निर्माण पक्षले काठमाडौंमा एक सय बढी दर्शकलाई सो फिल्म देखाएको हो । 

निर्माण पक्षले मङ्गलबार साँझ काठमाडौंको सीडीसी सिनेमा हलमा सर्भे सो गरेको हो । उक्त शो ‘पुजार सार्की’का कलाकारहरूले दर्शकसँग बसेर हेरेका थिए । 

निर्माण पक्षका अनुसार नेपाली फिल्मबारे ज्ञान राख्ने दर्शक छनोट गरी फिल्म देखाइएको हो । चलचित्रबारे दर्शकको वास्तविक दृष्टिकोणबारे नयाँ प्रयोग गरेको निर्देशक राउतको भनाइ छ । 

शोपछि फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ। उनीहरूले तीन नायकको अभिनयको तारिफ गरेका थिए । दर्शकबाट आएको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष फिल्म सुपरहिट हुनेमा थप आशावादी बनेको छ । 

यस फिल्ममा नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अभिनेतृहरू अञ्जना बराइली र परीक्षा लिम्बू मुख्य भूमिकामा छन् । 

किङडम नेटवर्कको ब्यानरमा बनेको यस फिल्मका निर्माता सुवास भुसाल हुन्  । यो फिल्म विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  २ : ३७ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा