'पुजार सार्की' को 'सर्भे शो' सम्पन्न  | Khabarhub Khabarhub

‘पुजार सार्की’ को ‘सर्भे शो’ सम्पन्न 


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबारबाट प्रदर्शनमा आउने मल्टिस्टारर फिल्म ‘पुजार सार्की’ले  सर्भे शो गरेको छ । दर्शकबाट प्रतिक्रिया बुझन निर्माण पक्षले काठमाडौंमा एक सय बढी दर्शकलाई सो फिल्म देखाएको हो । 

निर्माण पक्षले मङ्गलबार साँझ काठमाडौंको सीडीसी सिनेमा हलमा सर्भे सो गरेको हो । उक्त शो ‘पुजार सार्की’का कलाकारहरूले दर्शकसँग बसेर हेरेका थिए । 

निर्माण पक्षका अनुसार नेपाली फिल्मबारे ज्ञान राख्ने दर्शक छनोट गरी फिल्म देखाइएको हो । चलचित्रबारे दर्शकको वास्तविक दृष्टिकोणबारे नयाँ प्रयोग गरेको निर्देशक राउतको भनाइ छ । 

शोपछि फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ। उनीहरूले तीन नायकको अभिनयको तारिफ गरेका थिए । दर्शकबाट आएको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष फिल्म सुपरहिट हुनेमा थप आशावादी बनेको छ । 

यस फिल्ममा नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अभिनेतृहरू अञ्जना बराइली र परीक्षा लिम्बू मुख्य भूमिकामा छन् । 

किङडम नेटवर्कको ब्यानरमा बनेको यस फिल्मका निर्माता सुवास भुसाल हुन्  । यो फिल्म विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  २ : ३७ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु