शेयर बजारमा उछाल कायमै, १५.५४ अंकले बढ्यो नेप्से  « Khabarhub

शेयर बजारमा उछाल कायमै, १५.५४ अंकले बढ्यो नेप्से 


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार दिन यता शेयर बजारको उत्साह निरन्तर कायमै रहेको छ । शेयर बजारको उत्साह बुधबार पनि निरन्तरता पाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले बढेको छ । बुधबार नेप्से ०.७३ प्रतिशतले बढेर २१३१.४९ विन्दु कायम भएको छ ।

आज नेप्से ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर ७८ हजार ५१ पटक किनबेच भएको छ ।

आज ३१८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८१ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १६१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले, फ्लोट इन्डेक्स १.५३ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२४ अंकले बढेको छ ।

आज सबैभन्दा बढी होटल एण्ड टुरिजम सेक्टरको शेयर बढको छ । उक्त समूह ९८.२४ अंकले बढेको छ । वाणिज्य बैंकको पनि ४८.४४ अंकले बढेको छ । आज १३ वटा समूहमा ४ वटा समूहको शेयर मूल्य बढेको छ भने ९ वटा समूहको शेयर मूल्य घटेको छ ।

आज एउटा लघुवित्तको र एउटा हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ३ : १७ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको