सिरोहिया तीन दिन हिरासतमा : श्रीमती, दुवै छोरा र बुहारी श्रृंखला पनि जनकपुरमा « Khabarhub

सिरोहिया तीन दिन हिरासतमा : श्रीमती, दुवै छोरा र बुहारी श्रृंखला पनि जनकपुरमा


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35.3k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले सिरोहियालाई नागरिकता कसुरसम्बन्धी मुद्दामा तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो ।

पक्राउपछि उनलाई स्थलमार्ग हुँदै सिन्धुलीबाट जनकपुरधाम लगिएको थियो ।

बुधबार अदालतमा उपस्थित गराइएका उनलाई जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले हिरासतमा राख्ने अनुमति दिएको हो ।

अदालतको उक्त आदेशसँगै अहिले सिरोहिया जिल्ला प्रहरी कार्यालयको परिसरमा छन् । उनी अहिले डीएसपी रञ्जन अवाको कार्यकक्षमा परिवारका सदस्यसँग भेटघाट गरिरहेका छन् ।

उनलाई भेट्न श्रीमती, छोरा सम्भव र भाइ अनुभव तथा बुहारी श्रृंखला पनि जनकपुर पुगेका छन् । त्यहाँ उनीहरूले कैलाश सिरोहियासँग डीएसपीको कार्यकक्षमा कुराकानी गरेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ४ : १३ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको