वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा तीन जना पक्राउ


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय विशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तीनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।   

पक्राउमध्ये विशालले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रुपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ र सैलेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले विशाललाई काठमाडौं लाजिम्पाटबाट, प्रशान्तलाई काठमाडौं बागबजारबाट र सैलेशलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको  हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ५ : १३ बजे

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड