कांग्रेसमा उठ्यो गिरीबन्धु टि-स्टेट र माओवादी क्यान्टोन्मेन्ट प्रकरण, भ्रष्टाचारविरुद्ध कठोर हुन माग « Khabarhub

 कांग्रेसमा उठ्यो गिरीबन्धु टि-स्टेट र माओवादी क्यान्टोन्मेन्ट प्रकरण, भ्रष्टाचारविरुद्ध कठोर हुन माग


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा भ्रष्टाचारविरूद्ध कठोर हुनुपर्ने आवाज उठेको छ ।

बैठकमा सहभागी अधिकांश नेताहरूले भ्रष्टाचारविरुद्ध कठोर हुनुपर्ने बताउँदै यसलाई संसद्‍देखि सडकसम्म एजेन्डा बनाउन माग गरेका छन् ।

एकजन केन्द्रीय सदस्यका अनुसार सानेपामा बुधबार बसेको संयुक्त बैठकमा माओवादी लडाकुको क्यानटोन्मेन्टमा भएको भनिएको हिनामिना, झापास्थित गिरीबन्धु टि-स्टेटको जग्गा बिक्री प्रकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत जोडिएको भनिएको कुकुल्यान्ड घोटालाबारे पनि पार्टीले ठोस धारणा बनाउनुपर्ने कुरा नेताहरूले उठाएका छन् ।

बैठकमा सहभागी ८० प्रतिशत बढी केन्द्रीय सदस्यहरू विगतमा शीर्ष नेताहरू मुछिएका भनिएका भ्रष्टाचार काण्डलाई पार्टीले अब एजेन्डा बनाउनुपर्ने पक्षमा दिएका छन् ।

उनीहरूले पूर्ण भ्रष्टाचार नियन्त्रणको लागि लड्नुपर्नेमा साझा जोड दिएका थिए ।

पार्टीको बैठकको एजेन्डामा नभए पनि नेताहरूले भ्रष्टाचार प्रकरणबारे छानबिनको मुद्दालाई जोडतोडका साथ उठाएएका हुन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ५ : २६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली