कांग्रेसमा उठ्यो गिरीबन्धु टि-स्टेट र माओवादी क्यान्टोन्मेन्ट प्रकरण, भ्रष्टाचारविरुद्ध कठोर हुन माग « Khabarhub

 कांग्रेसमा उठ्यो गिरीबन्धु टि-स्टेट र माओवादी क्यान्टोन्मेन्ट प्रकरण, भ्रष्टाचारविरुद्ध कठोर हुन माग


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा भ्रष्टाचारविरूद्ध कठोर हुनुपर्ने आवाज उठेको छ ।

बैठकमा सहभागी अधिकांश नेताहरूले भ्रष्टाचारविरुद्ध कठोर हुनुपर्ने बताउँदै यसलाई संसद्‍देखि सडकसम्म एजेन्डा बनाउन माग गरेका छन् ।

एकजन केन्द्रीय सदस्यका अनुसार सानेपामा बुधबार बसेको संयुक्त बैठकमा माओवादी लडाकुको क्यानटोन्मेन्टमा भएको भनिएको हिनामिना, झापास्थित गिरीबन्धु टि-स्टेटको जग्गा बिक्री प्रकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत जोडिएको भनिएको कुकुल्यान्ड घोटालाबारे पनि पार्टीले ठोस धारणा बनाउनुपर्ने कुरा नेताहरूले उठाएका छन् ।

बैठकमा सहभागी ८० प्रतिशत बढी केन्द्रीय सदस्यहरू विगतमा शीर्ष नेताहरू मुछिएका भनिएका भ्रष्टाचार काण्डलाई पार्टीले अब एजेन्डा बनाउनुपर्ने पक्षमा दिएका छन् ।

उनीहरूले पूर्ण भ्रष्टाचार नियन्त्रणको लागि लड्नुपर्नेमा साझा जोड दिएका थिए ।

पार्टीको बैठकको एजेन्डामा नभए पनि नेताहरूले भ्रष्टाचार प्रकरणबारे छानबिनको मुद्दालाई जोडतोडका साथ उठाएएका हुन् ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ५ : २६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।