कांग्रेस बैठकमा शीर्ष नेतालाई प्रश्न : अवसर आउँदा खल्तीबाट नियुक्त गर्ने, अफ्ठ्यारो पर्दा हामी चाहिने ? « Khabarhub

कांग्रेस बैठकमा शीर्ष नेतालाई प्रश्न : अवसर आउँदा खल्तीबाट नियुक्त गर्ने, अफ्ठ्यारो पर्दा हामी चाहिने ?


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकका सहभागीहरूले नेतृत्वको कडा आलोचना गरेका छन् ।

बैठकका सहभागी नेताहरूले नेतृत्वको आलोचना गर्दै कार्यकर्ता अन्य पार्टीलाई भोट हाल्दा हाल्दा हैरान भइसके बताएका थिए ।

उनीहरूले अब कांग्रेस नेतृत्वले अब आफ्नो खुट्टामा उभिएर अघि बढ्नुपर्ने बताए । नेतृत्वले सहकारी प्रकरण र सरकारको रवैयाविरुद्ध सडक आन्दोलनमा जाने प्रस्ताव गरेपछि बैठकका सहभागीहरूले आफ्नै खुट्टामा उभिने भए साथ दिने बताएका थिए ।

‘पार्टीलाई चाहिएका बेलामा पार्टीका बिग ५ (शीर्ष नेताहरू) बसेर निर्णय गर्ने अनि अफ्ट्यारो पर्दा चाहिँ हामीलाई किन बोलाउने ?’, बैठकका सहभागीको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले भने, ‘८० प्रतिशतभन्दा बढी सदस्यहरूले नेतृत्वको कार्यशैलीको आलोचना गर्नु भएको छ ।’

बैठकका सहभागीहरूले पार्टी भ्रातृसंगठनमा शीर्ष नेतृत्वले खल्तीका मान्छे हालेको भन्दै प्रश्न उठाए । ‘पार्टीका भ्रातृसंगठनमा खल्तीका मान्छे हाल्दाको परिणाम आज संगठन कहाँ छ ?’, बैठकका सहभागीले नेताहरूलाई घेर्दै भने, ‘गल्ती गर्‍यौँ भनेर माफी माग्नुपर्छ ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ५ : ३९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया