रुमलेभिरको तामाखानी अलपत्र « Khabarhub

रुमलेभिरको तामाखानी अलपत्र


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– एक सय १० वर्षअघि विसं १९७१ मा बन्द भएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीस्थित रुमलेभिरको तामाखानी अलपत्र अवस्थामा छ । तामाखानी विसं १९७१ अघि सञ्चालनमा आएको भए पनि त्यसपछि भने उत्खनन हुनसकेको छैन ।

खानी उत्खनन गरेर तामा निकाल्न सिपालु छन्त्याल जातीले तत्कालीन समयमा तामाखानी उत्खनन गरेबापत सरकारलाई भेजा (कर) तिर्न नसकेका कारण उक्त खानी राणा शासकको मौखिक आदेशमा बन्द गरिएको स्थानीय बताउँछन् । 

तत्कालीन राणा सरकारले प्रतिबन्ध लगाएका कारण बन्द भएको सो तामाखानी देशमा सङ्घीय गणतन्त्रात्मक व्यवस्था लागू हुँदासमेत सञ्चालनका लागि पहल नभएको स्थानीयको दुःखेसो छ । 

“राजनीतिक परिवर्तनपछि गाउँमा जनप्रतिनिधि आएपछि खानी सञ्चालनमा आउने आशा गरेका थियौँ तर यतिका वर्ष बितिसक्दा पनि खानी सञ्चालनका विषयमा कसैले चासो राखेका छैनन्”, स्थानीय ७७ वर्षीय गिरबहादुर छन्त्यालले भने । 

ठाडाखानीमा छन्त्याल र विश्वकर्माको समुदायको बसोबास छ । एक सय १० वर्षअघि उनीहरूले तामाखानी उत्खनन गरी तामासँग अन्न साट्ने गरेका थिए । यसरी नै स्थानीयवासीले जीवन निर्वाह गर्दै आएका थिए ।

तत्कालीन सरकारले अत्यधिक कर लिन थालेपछि तामाखानी बन्द गरी वैकल्पिक पेसा र वैदेशिक रोजगारीतर्फ लाग्नुपरेको रघुगङ्गा गाउँपालिका–६ का पूर्ववडासदस्य टेकजित छन्त्यालले बताए । उनका अनुसार रुमलेभिरमा पाँच सुरुङ छन् । सुरुङको प्रवेशद्वारबाट दुईसय मिटरभित्र छिरेपछि तामाखानी हेर्न सकिन्छ । तामाखानी सञ्चालनमा आउन सके राज्यले वार्षिक लाखौँ आम्दानी गर्न सक्ने तथा स्थानीयवासीले रोजगारी पाउने सम्भावना छ । 

तामाखानी सञ्चालनमा ल्याउन सके वार्षिक करोडौँ आम्दानी हुनुका साथै स्थानीयवासीले दीर्घकालीन रोजगारी पाउने भएकाले खानी सञ्चालनको पहल थाल्न वडा कार्यालयले गाउँपालिकालाई दबाब दिइरहेको रघुगङ्गा गाउँपालिका-६ का अध्यक्ष मनकुमार शेरपुर्जाको भनाइ  छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ६ : ४० बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री