अमेरिकी सांसद्को दौडमा धरानका एड्रियन, ‘प्राइमरी इलेक्सन’मा भिड्दै « Khabarhub

अमेरिकी सांसद्को दौडमा धरानका एड्रियन, ‘प्राइमरी इलेक्सन’मा भिड्दै


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको धरानमा जन्मिका आशिष पोख्रेल (एड्रियन) अहिले भर्जिनिया १० बाट अमेरिकी संसद्का लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवारको दौडमा छन् ।

निर्वाचनको नियमअनुसार एक हजारजनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै पनि उम्मेदवारलाई यति संख्यामा हस्ताक्षर पुर्‍याउन मुस्किल पर्छ। 

१४ वर्ष अमेरिकि सेनामा काम गरेका उनी अहिले चुनावी प्रचार अभियानमा छन् । अमेरिकी सेनाका पूर्वकप्तान पोख्रेलले अमेरिकी केन्द्रीय जासुसी एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरे । उनको उम्मेदवारीलाई नेपाली मूलकासँगै भर्जिनिया १० का अमेरिकीले पनि सकारात्मक रूपमा लिएका छन् ।

उनले अमेरिकीहरूबीच एकता र समानता ल्याउन चुनावमा लागेको बताएका छन् । एड्रियनले मानसिक स्वास्थ्य सेवा सुधार गर्ने, स्वास्थ्य सेवाको लागत घटाउने र महिलाको प्रजनन अधिकार, रोजगारी सिर्जना, श्रमिक संघहरूको अधिकार र लोकतन्त्रको सुरक्षालाई प्राथमिकता दिएका छन् ।

पोख्रेल सैन्य जासुसी, व्यवस्थापन, नेतृत्व, साइबर, नैतिक ह्याकर, नेटवर्क प्रशासक, सुरक्षा विशेषज्ञ, राष्ट्रिय सुरक्षाका ज्ञाता हुन् ।

धरानको शिक्षा सदनबाट पढ्न सुरु गरेका उनले अमेरिकामा बिजनेस एडमिनिस्ट्रेसन, फाइनान्स, इन्टेलिजेन्स स्टडी र रणनीतिक सुरक्षा  अध्ययन गरेका थिए । उनले उच्च शिक्षा काठमाडौंको शंकरदेव क्याम्पसबाट लिए ।

आगामी जुन १८ मा हुने प्राथमिक निर्वाचनमा धरान– १४ विजयपुरमा जन्मिएका पोख्रेलसहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

उनले अमेरिकाको टेक्सासस्थित सान ज्याकिन्टो कम्युनिटी कलेजमा बिजनेस एडमिनिस्ट्रेसन र ह्युस्टन विश्वविद्यालयबाट फाइनान्स विषयमा स्नातक उत्तीर्ण गरे । अमेरिकी सैन्य विश्वविद्यालयबाट इन्टेलिजेन्स स्टडीमा मास्टर्स अनि राष्ट्रिय अमेरिकी विश्वविद्यालयबाट रणनीतिक सुरक्षामा उनले पिएचडी गरे ।

सुरुवाती दिनमा ह्युस्टन क्षेत्र वरपर ग्यास स्टेसनमा काम गरेका उनले त्यसपछि कन्टिनेन्टल एयरलाइन्समा विभिन्न पदमा ११ वर्ष काम गरे ।

त्यसपछि ह्युस्टन प्रहरी विभाग, यातायात सुरक्षा प्रशासन, रेलमार्ग, राष्ट्रिय सुरक्षा एजेन्सी हुँदै केन्द्रीय जासुसी एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरे ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ६ : ४९ बजे

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी

शैलुङका अवैध घरटहरा हटाउन १५ दिने अल्टिमेटम

दोलखा- शैलुङ गाउँपालिकाले शैलुङ डाँडा तथा आसपासका क्षेत्रमा अनुमति बिना

आजका समाचार : एएफयू जग्गा विवाद समाधानमा सरकारको पहल, वर्षाको जोखिम बढेपछि ट्राभल अलर्ट जारीर, कुवेतको पूर्वाधारमा इरानको आक्रमण

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमानेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको

उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रुलाई ‘ट्राभल अलर्ट’

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुनका कारण भारी वर्षा हुनसक्ने

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं– पर्वतको कुश्मामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु