भ्रष्टाचार मुद्दामा लुम्बिनीका पूर्वमन्त्री यादवसहित १९ जनालाई सफाइ « Khabarhub

भ्रष्टाचार मुद्दामा लुम्बिनीका पूर्वमन्त्री यादवसहित १९ जनालाई सफाइ


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वनको काठ र दाउरा हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा लागेका लुम्बिनी प्रदेशस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम् पूर्वमन्त्री जानकीप्रसाद यादवसहित १९ जनाले सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन ८ गते राप्रपा सांसद यादव र लुम्बिनी प्रदेशका तत्कालीन वन निर्देशक कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दा विशेषका अध्यक्ष टेक नारायण कुँवर तथा न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार सफाइ दिएको हो ।

उनीहरूविरुद्ध आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा कपिवस्तुको बुद्धभूमि गाउँपालिकास्थित गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितिको काठ तथा दाउराको राजस्व हिनामिना अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

२९ लाख १२ हजार १ सय ९३ रुपैयाँ बिगो कायम गरेर दायर भएको मुद्दा उक्त मुद्दामा सफाइसँगै सांसद यादव स्वत: पुनर्वहाली भएका छन् ।

उनीहरूविरुद्ध ६ हजार ७ सय ६१ क्युफिट काठ र ४.५४ चट्टा दाउरा बापत आउने राजस्व नै दाखिला नगरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग अख्तियारले लगाएको थियो ।

यादव लुम्बिनी क्षेत्र नम्बर ३(२) बाट गत निर्वाचनमा राप्रपाबाट निर्वाचित सांसद हुन् । एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री हुँदा यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री भएका थिए । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा विजयनगर गाउँपालिका अध्यक्षका उम्मेदवार पनि बनेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ७ : ४६ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत