घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी « Khabarhub

घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी गरिएको छ ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा घोडाघोडीमा तस्बिर प्रदर्शनी गरिएको पन्छी संरक्षण सङ्घका फिल्ड सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए ।

डिभिजन वन कार्यालय पहलमानपुुरको आयोजना तथा पन्छी संरक्षण सङ्घको व्यवस्थापनमा गरिएको तस्बिर प्रदर्शनीमा घोडाघोडी क्षेत्रमा पाइने ६५ प्रजातिका चराको तस्बिर प्रदर्शनी गरिएको उनले बताए ।

नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुुरी) घोषणा गरिएको घोडाघोडीमा तीन सय ६० प्रजातिका चरा पाइन्छन् । चराहरुको फोटो प्रदर्शनी गर्दा निकै सुुन्दर देखिएको घोडाघोडी नगरपालिकाका नगर प्रमुुख खडक रावतले बताए।

उनले भने , “चराहरु फोटोमा जति सुुन्दर देखिएका छन् यिनको संरक्षण गरे वास्तविकरुपमा नै हेर्न पाइने छ । फोटो प्रदर्शनीले घोडाघोडीमा रहेका चराको संरक्षण र पर्यटन विकासका लागि टेवा पुग्ने विश्वास लिइएको छ ।”

चरा संरक्षणप्रति जनचेतना जगाउने फोटो प्रदर्शनी गरिएको डिभिजन वन कार्यालय पहलमानपुुरका डिभिजनल वन अधिकृत राम बिचारी ठाकुुरले बताए । केही समय पहिले पनि घोडाघोडी तालको मिचाह प्रजाति हटाउने कार्य गरेको बताउँदै उनले भने, “घोडाघोडीको संरक्षणमा जनचेतना जगाउनका लागि अन्य कार्यहरु पनि गरिरहेका छौँ ।”

उनले फोटो प्रदर्शनीले आगामी दिनमा चराहरुको संरक्षण गर्नका लागि स्थानीयहरुमा जनचेतना जाग्ने विश्वाससमेत व्यक्त गरे । घोडाघोडी क्षेत्रको जैविक विविधतामा असर नपुुग्ने गरी विकासको ढाँचा ल्याउनुुपर्ने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका निमित्त प्रमुुख डबलबहादुुर बोहोराको भनाइ छ । वन ऐनअनुुसार सिमसार क्षेत्र व्यवस्थापनको अधिकार सङ्घीय सरकारलाई रहेको बताउँदै भने, “तीन वटै तहका सरकार मिलेर व्यवस्थापनमा समन्वय गर्नुपर्छ ।”

कार्यक्रममा वन विभागका निर्वतमान सहसचिव श्रीप्रसाद बराल, वसन्ता वन परिषद्का अध्यक्ष पुुष्कलबहादुुर बम, डल्फिन संरक्षण केन्द्रका विजयराज श्रेष्ठ, चरा संरक्षण सञ्जाल कैलालीका अध्यक्ष दयाराम चौधरी, घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेम बमले जैविक विविधता र संरक्षणबारे धारणा राखे ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ९ : ०२ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले