आरसिबीले राजस्थानलाई दियो १७३ रनको लक्ष्य « Khabarhub

आरसिबीले राजस्थानलाई दियो १७३ रनको लक्ष्य


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) को एलिमिनेटरमा राजस्थान रोयल्सलाई रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)ले १७३ रनको लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७२ रन बनायो ।

उसका लागि विराट कोहलीले ३३ रन बनाए । २४ बलको सामना गरेका कोहलीले तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै रजत पाटीदारले २२ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । कप्तानल फाफ डु प्लेसिस १७ रनमा आउट हुँदा क्यारुन ग्रिनले २७ बनाए ।

ग्लेन म्यासवेल शुन्य रनमा आउट भए । १७ बलको सामना गरेका महिपाल लोमरले दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन बनाए पछि आरसिबीले प्रतिस्पर्धात्म लक्ष्य दिएको हो ।

राजस्थानका लागि आवेश खानले तीन विकेट लिए । चार ओभर बलिङ गरेका खानले ४४ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । रविचन्द्र आश्वीनले दुई लिँदा सन्दीप शर्मा, ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलको नाममा एक एक विके रह्यो ।

आजको खेलमा पराजित टिमको आईपिएल यात्रा सामाप्त हुनेछ भने विजयी टिमले पहिलो क्वालिफायरमा पराजित सनराइजर्स हैदरावादसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित हुँदै हैदरवाद तेस्रो क्वालिफायरमा पुगेको छ। कोलकाता सिधै फाइनल पुगिसकेको छ। दोस्रो क्वालिफायरको विजेताले कोलकातासँग फाइनल खेल्नेछ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ९ : ४० बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,