धनकुटामा प्रदेश स्तरीय औद्योगिक मेला « Khabarhub

धनकुटामा प्रदेश स्तरीय औद्योगिक मेला


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटा नगरपालिका–६ अमलेटारस्थित औधोगिक ग्राममा आजदेखि पाँच दिने कोशी प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला तथा खाना महोत्सव सुरु भएको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाद्वारा आयोजित उक्त महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्दै वैदेशिक आयात घटाएर कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात बढाउन प्राथमिता दिएको बताए ।

उनले भने, “देश आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । यस्तो बेला गुणस्तरीय वस्तु उत्पादन गरेर निर्यात गर्ने सरकारको योजना छ ।” मुख्यमन्त्रीकार्कीले यहाँका स्थानीय सरकारले जिल्लामा उत्पादित वस्तुको अनिवार्य खपत गर्ने नीति बनाएमा यहाँका उद्योग सञ्चालनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “विसं २०८३ सम्ममा धनकुटामा एक सय श्ययाको अस्पताल निर्माण गर्ने प्रदेश सरकारको नीति रहेको छ ।” फरक प्रसङ्गमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार तीन वर्षसम्म निरन्तर टिकेर जनताका काम गर्ने जानकारी दिए ।

यही जेठ १३ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा १४ जिल्लाका ३० घरेलु उत्पादनको प्रदर्शनी कक्षरहेको आयोजक संस्थाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए। महोत्सवमा करिब २० हजार पर्यटक भित्र्याएर रु तीन करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ९ : ५६ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले